From Wikipedia, the free encyclopedia
संवत् १८९० साल अधिक भाद्र शुदी १२ का रात भूकम्प गयो। त्यो रात २३ पल्ट भूकम्प गयो। यो भूकम्प उत्तरमा भोट कुतीसम्म, पूर्वमा विजयपुरसम्म, पश्चिममा गोरखासम्म र दक्षिणमा मकवानपुर सम्म गयो।
त्यहाँदेखि रोजरोज दिनको ४०/५० फेरा भूकम्प हुँदा राजा, मन्त्री, भारदारहरू सबै डरले आआफ्ना बगैंचामा पाल टांगी बसे। दुनियाँहरू पनि घरमा बसेनन्। तीन शहर गाउँ गाउँ सबै ठाउँमा घर देवल, सत्तल, पाटीहरू धेरै भत्के। ठिमीमा र भक्तपुरमा ज्यादा भूकम्प गई धेरै घर भत्केकाले मानिस मर्ने र घाउ लाग्ने धेरै भए। त्यस्तो हुँदा पनि श्री पशुपतिनाथ, श्री गुह्रेश्वरी, ललितपुरका चण्डेश्वरी, पूर्णचण्डी त मौननाथ यति देवताका देवालयमा झुण्डाइराखेको घण्टा पनि हल्लिएन।
यस्तो बिध्न हुँदा राजा र मन्त्री भादगाउँ गई प्रजाहरूलाई माया गरि खातिरजामाको हुकुम गरेर चाहिँदो अन्न, वस्त्र र धनहरू दिई फिरे।
भूकम्पले कति नोक्सान भयो भनी मन्त्री जनरल भीमसेन थापाले जचाउँदा निम्न लेखिए बमोजिम ठहरियो।
जम्मा घर भत्केको ६४३
सिंगै घर भत्केको ३६५
छाना मात्र भत्केको १०
सत्तल भकेको ३
पाटी भत्केको ५
ढोका भत्केको २
धरहरा भत्केको २ सिंगै भत्केको १, माथिको १ तला मात्र खसेको १
टुँडिखेलको ठूलो श्री जगन्नाथको देवालय सिँगै भत्केको १
मानिस परेको ५२
मरेको जना २२ घाइते जना ३०
बागमतीका पुलको पर्खाल १९/२० हात जति खसेको
त्रिपुरेश्वरका देवालयको माथिल्ला तलाको गाह्रो भत्केक देखियो।
जम्मा घर भत्केको ८२४
सिंगै घर भत्केको ३६५
छाना मात्र भत्केको ९८
कौसी खसेको २२
आधा घर भत्केको ११०
सत्तल भकेको ३७४
देवालय भत्केको १७
पाटी भत्केको १४
मानिस परेको २ मरेको जना १ घाइते जना १
जम्मा घर भत्केको २७४७
किल्ला भत्केको ३११
छाना भत्केको २०४
आधा भत्केको ९७१
कौसी भत्केको ११८६
जम्मा घर २७० मा बस्ने जाहानका जाहानै परेका मानिस जना १६१६,
त्यस मध्ये मरेका १७७
घाइते जना २५२,
बाँकी सन्देह जना १६०२ भए।
Seamless Wikipedia browsing. On steroids.