ऐतिहासिक नेपालका विभिन्न राजपुत समुह From Wikipedia, the free encyclopedia
नेपालका राजपुत वा प्राचीनतम राजपुत्र प्राचीन तथा मध्यकालीन भारतबाट बसाइँ सरी आएका राजपुतहरूको समुहहलाई भनिन्छ । विशेषतः काठमाडौँ उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसी-चौबिसी राज्यहरू तथा अन्य तराईका भूभागहरूमा राजपुतहरूको प्राचीनदेखि मध्यकालमा बसाइँ सरेको देखिन्छ ।
जम्मा जनसङ्ख्या | |
---|---|
४१,९७२ (२०११ नेपाल जनगणना)[1][2] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
Nepal | |
भाषाहरू | |
नेपाली भाषा, मैथिली भाषा, भोजपुरी भाषा | |
धर्महरू | |
हिन्दू | |
सम्बन्धित जातीय समूह | |
छथरीय श्रेष्ठ, ठकुरी, मैथिल तथा अन्य इन्डो-आर्य गण |
गङ्गामैदानबाट उत्पत्ति भएको पहिलो नेपाली राजवंश लिच्छवी हो[3] जो राजपुत थिए[4] र त्यस वंशले राजपुत्र नामक उपाधि धारण गरेका थिए ।[5] त्यस्तै ईश्वीको १२ औँ शताब्दीमा भारतमा मुसलमान शासकहरूको बढ्दो हमलाले भारतीय क्षेत्रहरूबाट राजपुत पलायन भै नेपाल आएका थिए ।[6][7][8] ती राजपुत समुहहरू हिमाली भेगको मध्य तथा पश्चिमी पहाडी क्षेत्र (बाइसी-चौबिसी)हरूमा बसोबास गरी आफूसंग धेरै मेल खाने खस समुदायमा मिश्रित भए ।[9] ती पश्चिमी नेपालको राजपूत समुहहरूको खस राज्यलाई बाइसी-चौबिसी राज्यमा टुक्र्याउन ठूलो भूमिका रहेको इतिहासकार फ्रान्सीस टुकर बताउँछन् ।[9]
केही काठमाडौँका मल्लवंशी राजाहरू पनि राजपुत उद्गमका देखिन्छन् मुख्यतः जयस्थिति मल्ल ।[10] गङ्गामैदानबाट विभिन्न राजपुत परिवारहरूलाई काठमाडौँका मल्लवंशी राजाहरूले बोलाहट गरी तिनका दरसन्तानबाट नयाँ भारदारी वर्गको निर्माण गरेका थिए ।[11] नेपालको शाह वंशका राजाहरूले राजपुतहरूलाई कानुनी रूपमा विशेष प्राथमिकता दिएका थिए तथा त्यस जातिय समुहहलाई तागाधारी[12] एवम् दास बनाउन नमिल्ने जातमा वर्गीकरण गरेका थिए ।[13]
चित्तौडको १३०३ को विध्वंसभन्दा पूर्व हिन्दूहरू सानो समुह बारम्बार भएको मुसलमानी हमलाबाट बच्न नेपालतिर पसेका थिए ।[9] अलाउद्दीन खिल्जीद्वारा चित्तौडको १३०३ मा भएको विध्वंस पश्चात राजपुतहरूको ठूलो समुह धार्मिक हिंसाबाट बच्न नेपाल पस्न थाले । यस घटनालाई दुवै नेपाली तथा राजस्थानी परम्पराहरूले समर्थन गर्छ ।[6][7][14][9][note 1] भारतीय विद्वान राहुल रामका अनुसार राजपुतहरूको भारतबाट नेपालमा आगमन भएको घटना निश्चित हो तर नेपालको उच्च घरानाहरूको नश्लिय शुद्धताको विषयमा शंका भने हुनसक्छ ।[17] इतिहासकार जेम्स टोडका अनुसार एउटा राजस्थानी परम्पराले चित्तौड तथा मोहम्मद घोरीको युद्धपश्चात राजपुतहरू मेवाड देखि हिमालयसम्म १२ औँ शताब्दीको पछिल्लो आर्द्धमा बसाइँ सरेका थिए ।[8] इतिहासकार जोन टि हिचकक तथा जोन वेल्पटनका अनुसार बारम्बारको मुसलमानी हमलाले राजपुत तथा ब्राह्मणहरूको ठूलो बसाइँ सराइँ ईश्वीको १२औं शताब्दी देखि सुरू भएको थियो ।[18][19]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.