From Wikipedia, the free encyclopedia
नारद पुराण स्वयं महर्षि नारदको मुखले भनिएको एक वैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्धगरिएको १८ पुराणहरूमध्येको एक हो। प्रारंभमा यो २५,००० श्लोकहरूको सङ्ग्रह थियो तर वर्तमानमा उपलब्ध संस्करणमा केवल २२,००० श्लोकहरू मात्र उपलब्ध छन्।[1] यस पुराणका विषयमा भनिन्छ कि यसको श्रवण गर्नाले पापी व्यक्ति पनि पाप मुक्त हुन्छन्। पापीहरूको उल्लेख गर्दै भनिएकोछ-जो व्यक्ति ब्रह्महत्याको दोषी हुन्छ, मदिरापान गर्दछ, मासु भक्षण गर्दछ, वेश्यागमन गर्दछ, तामसिक भोजन खान्छ तथा चोरी गर्दछ; त्यो पापी हो। यस पुराणको प्रतिपाद्य विषय हो विष्णु भक्ति। सपूर्ण नारद पुराण दुइ प्रमुख भागहरूमा विभाजित छ। पहिलो भागमा चार अध्याय छन् जसमा सुत र शौनकको संवाद छ, ब्रह्माडको उत्पत्ति, विलय, शुकदेवको जन्म, मन्त्रोच्चारको शिक्षा, पूजाको कर्मकाड, विभिन्न मासहरूमा पर्ने विभिन्न व्रतहरूको अनुष्ठानहरूको विधि र फल दिइएकाछ। दूसरे भागमा भगवान विष्णु को अनेक अवतारहरूको कथाहरू छ।[2] यो पुराण यस दृष्टिले काफी महत्त्वपूर्ण छ कि यसमा अठारह पुराणहरूको अनुक्रमणिका दिइएकोछ।
चित्र:Narad puran cover gitapress.gif | |
लेखक | वेदव्यास |
---|---|
देश | भारत |
भाषा | संस्कृत |
संस्करण | पुराण |
विषय | विष्णु भक्ति |
प्रकार | हिन्दू धार्मिक ग्रन्थ |
पृष्ठ | २२,००० श्लोक |
हिन्दू धर्म |
इतिहास · देवता |
सम्प्रदाय · आगम |
विश्वास र दर्शनशास्त्र |
---|
पुनर्जन्म · मोक्ष |
कर्म · पूजा · माया |
दर्शन · धर्म |
वेदान्त ·योग |
शाकाहार · आयुर्वेद |
युग · संस्कार |
भक्ति {{हिन्दू दर्शन}} |
ग्रन्थ |
वेदसंहिता · वेदांग |
ब्राह्मणग्रन्थ · आरण्यक |
उपनिषद् · श्रीमद्भगवद्गीता |
रामायण · महाभारत |
सूत्र · पुराण |
शिक्षापत्री · वचनामृत |
सम्बन्धित विषय |
दैवी धर्म · |
विश्वमा हिन्दू धर्म |
गुरु · मन्दिर देवस्थान |
यज्ञ · मन्त्र |
शब्दकोष · हिन्दू पर्व |
विग्रह |
प्रवेशद्वार: हिन्दू धर्म |
हिन्दू मापन प्रणाली |
नारद पुराण दुइ भागहरूमा विभक्त छ- पूर्व भाग र उत्तर भाग।
पूर्व भागमा एक सौ पच्चीस अध्याय छन्।[3] यस भागमा ज्ञानका विविध सोपानहरूको सांगोपांग वर्णन प्राप्त हुन्छ। ऐतिहासिक गाथाहरू, गोपनीय धार्मिक अनुष्ठान, धर्मको स्वरूप, भक्तिको महत्त्व दर्शाउने विचित्र र विलक्षण कथाहरू, व्याकरण, निरूक्त, ज्योतिष, मन्त्र विज्ञान, बाह्र महीनाका व्रत-तिथिहरू साथ जोडिएका कथाहरू, एकादशी व्रत माहात्म्य, गंगा माहात्म्य तथा ब्रह्माका मानस पुत्रहरू-सनक, सनन्दन, सनातन, सनत्कुमार आदिको नारदसितको संवादको विस्तृत, अलौकिक र महत्त्वपूर्ण आख्यान यसमा प्राप्त हुन्छ। अठारह पुराणहरूको सूची र उनका मन्त्रहरू संख्याको उल्लेख पनि यस भागमा संकलित छ।
उत्तर भागमा बयासी अध्याय सम्मिलित छन्।[3] यस भागमा महर्षि वसिष्ठ र ऋषि मान्धाताको व्याख्या प्राप्त हुन्छ। यहाँ वेदहरूका छः अंगहरूको विश्लेषण छ। यी अङ्ग हुन्- शिक्षा, कल्प, व्याकरण, निरूक्त, छंद र ज्योतिष।
अतिथिलाई देवताको समान मानिन्छ। अतिथिको स्वागत देवार्चन सम्झेर गरिनुपर्छ वर्णहरू र आश्रमहरूको महत्त्व प्रतिपादित गर्दै यस पुराणले ब्राह्मणलाई चार वर्णहरूमा सर्वश्रेष्ठ मान्दछ। ब्राह्मणसित भेंट हुँदा सदैव उनलाई नमन गर्नुपर्छ। क्षत्रियको कार्य ब्राह्मणहरूको रक्षा गर्नु हो तथा वैश्यको कार्य ब्राह्मणहरूलाई भरण-पोषण र उनीहरूको इच्छाको पूर्ति गर्नु हो।[3] दण्ड-विधान, विवाह तथा अन्य सबै कर्मकाण्डमा ब्राह्मणहरूलाई छूट र शूद्रहरूलाई कठोर दण्ड दिने कुअराको उल्लेख गरिएको छ।आश्रम व्यवस्था अंतर्गत ब्रह्मचर्यको कठोरता सित पालन गर्न तथा गृहस्थाश्रममा प्रवेश गर्नेहरूलाई अन्य तीन आश्रमहरू (ब्रह्मचर्य, वानप्रस्थ र सन्यास)मा विचरण गर्ने हरूको ध्यान राख्ने कुरा बताइएको छ। यस प्रकार वर्णाश्रम व्यवस्थाम यस पुराणले ब्राह्मणहरूको सर्वाधिक पक्ष लिएको देखिन्छ। क्षत्रिय र वैश्यहरूप्रति यसको स्वार्थी दृष्टिकोण छ जब कि शूद्रहरूप्रति कठोरताको व्यवहार प्रतिपादित छ, जसले गर्दा हिन्दू समाजमा भयङ्कर भेदभावलाई बल मिल्ने गर्छ।
यस पुराणमा गङ्गावतरणको प्रसँग र गंगाको किनारमा स्थित तीर्थहरूको महत्त्व विस्तारसित वर्णित गरिएको छ। सूर्यवंशी राजा बाहुका पुत्र सगर थिए। विमाता द्वारा विष दिंदा उनको नाम 'सगर' भएको थियो। सगरद्वारा शक र यवन जातिहरूसित युद्धको वर्णन पनि यस पुराणमा पाइन्छ। सगर वंशमा नै भगीरथ भए। उनको प्रयासले गंगा स्वर्गबाट पृथ्वीमा आएको बताइन्छ। यसकारण गङ्गालाई 'भागीरथी' पनि भनिन्छ। पुराणमा विष्णुको पूजाको साथ-साथ रामको पूजाको पनि विधान प्राप्त हुन्छ। हनुमान र कृष्ण उपासनाका विधिहरू पनि बताइएकोछ।[3] काली र शिवको पूजाका मन्त्र पनि दिइएका छन्। प्रमुख रूपले यो वैष्णव पुराण हो। यस पुराणका अन्तमा गोहत्या र देव निन्दालाई जघन्य पाप मानेर भनिएको छ कि 'नारद पुराण'को पाठ यस्ता मानिसहरूका सम्मुख कदापि गरिनु हुँदैन।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.