From Wikipedia, the free encyclopedia
दोधारा चाँदनी नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका दोधारा र चाँदनी गाविसहरू यसमा गाभिएका थिए।
दोधारा चाँदनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: 28.773°N 80.264°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | किशोरकुमार लिम्बु (नेकपा (एमाले)) |
• उपप्रमुख | गङ्गादेवी जोशी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५६.८४ किमी२ (२१.९५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४२,९७४ |
• घनत्व | ७६०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोधारा चाँदनी नगरपालिकाको कुल जनसङ्ख्या ४२,९७४ रहेको छ भने यहाँ ९,६१० घरधुरी रहेका छन्।[२]
नेपाल सरकारको मिति २०७१ पौष २८ गतेको निर्णय अनुसार साविकका चाँदनी र दोधारा गाविस समावेश गरी १० वडा सहितको दोधारा चाँदनी नगरपालिका घोषणा भएको थियो। नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पौष २२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३ माघ २२ को निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)को आधारमा नेपाल सरकारले मिति २०७३ फल्गुण २२ मा साविकको दोधारा चाँदनी नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका घोषणा गरेको थियो। २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको थियो। [४]
यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ। त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्षण रहेका छन्। यो नगरपालिका समुन्द्री सतहबाट १७५ मि. देखि २२५ मि. को उचाईमा रहेको छ भने काठमाडौँ देखि ७२२ कि.मि. को दूरीमा छ।
यहाँको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यमिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरू संचालित छन्। यस नगरपालिकामा विभिन्न जातजाति तथा हिन्दू धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.