कनकाई नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
कनकाई नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[3] पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले सुरुङ्गा तथा घैलाडुब्बा गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । [4] साविक सुरुङ्गा गा.वि.स. को वडा नं.– २ जुके कल्भर्ट रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । कनकाई नगरपालिकाको पुर्व पश्चिम सिमाना क्रमश: घाग्ग्रा खोला र कनकाई नदीले छुट्याएको छ ।
कनकाई नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६.५६°N ८७.७२°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | राजेन्द्रकुमार पोखरेल (नेकपा (एमाले)) |
• उपप्रमुख | आसा शिवाकोटी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ८०.९८ किमी२ (३१.२७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५३,१४८ |
• घनत्व | ६६०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
यो नगरपालिको पूर्वतर्फ अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको घाग्रा खोला, पश्चिमतर्फ शिवसतासी नगरपालिका, उत्तरतर्फ इलाम जिल्ला तथा दक्षिणतर्फ [[झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका रहेका छन्।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कनकाई नगरपालिकाको कुल जनसङ्ख्या ५३,१४८ रहेको छ भने यहाँ १३,१६९ घरधुरी रहेका छन्।[2]
सुरुङ्गा क्षेत्रमा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन् । जसमध्ये कोटिहोम धाम, राधाकृष्ण मन्दिर, श्री कृष्ण प्रणामी सत्सङ्ग सेवा आश्रम, कविर मन्दिर, गायत्री मन्दिर , श्री सत्य साई भजन समूह, न्यौपाने बन्धु समाज कूल मन्दिर (कनकाई-४, कोटिहोम) पाथिभरा माता मन्दिर(कनकाई-४, परिवर्तन चोक), आर्य समाज, वशिष्ठ भन्डारी समाज, धनुषकोटि धाम , गायत्री मन्दिर (चम्पापुर, घैलाडुब्बा), दुर्गा मन्दिर (सुरुङ्गा ५), सर्वेश्वर महादेव मन्दिर (सुरुङ्गा ९, एकान्त टोल), गरमकाली मन्दिर (सुरुङ्गा ३), श्री दुर्गा भगवती मन्दिर (सुरुङ्गा १, दुर्गापुर), श्री शिव पाञ्चायन मन्दिर (घैलाडुब्बा १ दुर्गापुर), सरस्वती मन्दिर तथा भवन (सरस्वती टोल सुरुङ्गा ३ ), कृष्णप्रणामी मन्दिर (सुरुङ्गा गाविस वडा ९), गोकर्णेश्वर शिव पाञ्चायन मन्दिर (सुरुङ्गा ७ तुलसीबारी), पिण्डेश्वर शिव मन्दिर(कनकाई-४, टेक्रा) जामुन खाडी (सुरुङ्गा ३) आदि मुख्य पर्दछन्। त्यसै गरी किरात समुदाय अर्थात लिम्बु समुदायको महत्त्वपूर्ण सालिक त्येअङ्सी सिरिजंगा पनि दुर्गापुर बजारमा अवस्थित छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.