एबटाबाद
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
एबटआबाद (उर्दु: ایبٹ آباد) पाकिस्तानको पाकिस्तानको खयबर पख्तुनख्वामा हजारा क्षेत्रमा पर्ने एबटआबाद जिल्लाको सदरमुकाम सहर हो । यो सहर इस्लामआबाद र रावलपिन्डी दुई सहरबाट १२० किलोमिटरको दुरुमा रहेको छ भने पिशावर सहरबाट १५० किलोमिटरमा रहेको छ । यो सहर समुन्द्री सतहबाट १,२६० मिटर उचाइमा रहेको छ । यो सहर कश्मीरबाट पुर्वमा रहेको छ ।
एबट्आबाद
ایبٹ آباد | |
---|---|
निर्देशाङ्क: ३४°९′२१″उ॰ ७३°१३′१०″पू॰ | |
देश | पाकिस्तान |
प्रदेश | खयबर पख्तुनख्वा |
जिल्ला | एबटआबाद |
तहसील | एबटआबाद |
स्थापना | १८६३ |
उन्नतांश | १,२५६ मिटर (४१२१ फिट) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | २०८,४९१ |
एबट्आबाद: १३८,३११ एबट्आबाद नगरपालिका: ७०,१८० | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०९२२ |
सङ्घीय परिसरको सङ्ख्या | ६[2] |
[3] |
यस सहर पाकिस्तानकै सबैभन्दा अनुकूल मौसम, उच्च शिक्षा र पाकिस्तानी सैनिक तालिक केन्द्रको आयोजना गर्ने सहरको लागि चिनिन्छ जुन काकुल सहरमा आयोजना हुने गरेको छ। यस सहरमा रहेका लोकप्रिय पहाड र भिरपाखले गर्दा हरेक वर्ष सयौं पर्यटकहरूलाई यस सहर अवलोकन गर्न आउने गरेका छन् । यस सहर ओसामा बिन लादेनको हत्या गरेको ठाउँको रूपमा प्रचलित छ ।
एब्ताबाद सहर चारै तिरबाट पहाडले घेरेको जसबाट पर्यटकहरूले एबटआबाद उपत्यकाको अवलोकन गर्न सक्छन्। यो सहर समुन्द्री सतहबाट ४,१२० फिटको उचाइमा अवस्थित छ। सहरको उत्तरतिर सुन्दर कागान घाटी रहेको छ।
एबटआबाद सहर एबटआबाद जिल्ला र हजारी क्षेत्रको सदरमुकाम सहर हो। एबटआबाद जिल्लाका आयुक्त, प्रहरीका उप निरीक्षक, जनरल आयुक्त सबै एबटआबाद सहरमा रहेका छन्। यो सहर गाउँ, नगरपालिकामा विभाजित छ। सिभिल प्रशाशक बाहेक यो सहर विभिन्न सैनिकहरूको अड्डा र तालिम केन्द्र पनि रहेका छन्।
एबटआबाद पाकिस्तानकै साक्षरता दर भएको सहर हो जसमा सन् २००७ मा ६७% रहेको थियो भने सन् २०११ मा यो दर ८७% पुगेको थियो। यो सहर खैबर पख्तुनख्वा कै पहिलो उच्च साक्षरता दर भएको सहर हो भने पाकिस्तानमा दोस्रो स्तरमा रहेको छ। यस सहरमा युवा (१५-३०) जनसङ्ख्याको साक्षरता दर उच्च रहेको छ किनभने यस सहरमा अन्य सहरबाट शिक्षा लिन आउने विद्यार्थीको सङ्ख्या उच्च रहेको छ ।
यस सहरमा विभिन्न माध्यमिक शिक्षण संस्थाहरू रहेका छन् जस्तै- अयूब मेडिकल कलेज, फ्रन्टिएर मेडिकल कलेज, कम्सट्स साइन्स र टेक्नोलोजी विश्वविद्यालय र इन्जिनियरिङ र टेक्नोलोजी विद्यालय आदि छन्। एबटआबाद पाकिस्तानी सैनिक एकेडेमीको स्थल हो जसमा चार वर्षीय सहकारी सैनिक प्रसिक्षण दिने आएको छ।[4] सन् २०१४ आलिफ आलिएनका अनुसार पाकिस्तान जिल्ला शिक्षा बरियतामा यहाँ रहेको शिक्षामा गुणस्तरका आधारमा एबटआबाद १४६ जिल्ला मध्य ३७ औँ मा पर्न सफल भएको छ । [5]
एबटआबाद सहरमा अरु खेल भन्दा क्रिकेट खेल सबैभन्दा लोकप्रिय छ । यस सहरको आधिकारिक क्रिकेट टोली एबटआबाद फाल्कोन हो जसले राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी जनाउँदै आएको छ । यस सहरमा अन्य खेलहरू जस्तै फुटबल, हक्की, टेक्वान्डो आदि खेलहरू पनि खेलिन्छ । यस सहरमा एबटआबाद क्रिकेट रङ्गशाला रहेको छ जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू पनि हुने गरेको छ । यस सहरमा हक्की खेलको लागि अन्तर्राष्ट्रिय रङ्गशाला पनि रहेको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.