स्वामी विवेकानन्द
हिन्दू दर्शनका प्रखर विद्वान् / From Wikipedia, the free encyclopedia
स्वामी विवेकानन्द (बङ्गाली: স্বামী বিবেকানন্দ जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
स्वामी विवेकानन्द | |
---|---|
व्यक्तिगत | |
जन्म | नरेन्द्रनाथ दत्त (१८६३-०१-१२)१२ जनवरी १८६३ |
मृत्यु | ४ जुलाई १९०२(1902-07-04) (उमेर ३९) |
धर्म | हिन्दु धर्म |
हस्ताक्षर | |
संस्थापक | रामकृष्ण मिसन |
दर्शन | वेदान्त दर्शन,[2][3] राज योग[3] |
धार्मिक जीवन | |
गुरु | रामकृष्ण परमहंस |
कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे।