![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Saldanada_Village.jpg/640px-Saldanada_Village.jpg&w=640&q=50)
सालडाँडा, स्याङ्जा
From Wikipedia, the free encyclopedia
सालडाँडा गाउँ स्याङ्जा जिल्लाको उत्तर-पूर्वी भेगमा अवस्थित रहेको एक सुन्दर तथा अतिनै मनोमोहक गाउँ हो । इतिहासमा फर्किदा यो गाउँ पञ्चायत कालमा सालडाँडा पञ्चायत तथा साबिकको किचनास गाविसको वडा नम्बर-९ मा पर्दथ्यो[2], तर हाल भने यो गाउँ हरिनास गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्दछ[3][4][5][6] । समुन्द्री सतहबाट झन्डै १५०० मिटर उच्चाईमा मध्य स्तरको हावापानी भएको यो गाउँ स्याङ्जा जिल्लाको उत्तर-पूर्वी भेगमा तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका साथै साबिक राइपुर गाविस (राइपुर गाउँ) सँग जोडिएर रहेको छ । साथै अन्य भाग जस्तै पश्चिम बिरुवा गाउँपालिकासँग सिमाना जोडिएको छ । भने बाँकी भाग हरिनास गाउँपालिकाकै वडाहरू तथा गाउँहरू सँगै जोडिएको छ ।
सालडाँडा
सालडाँडा गाउँ स्याङ्जा सालडाँडा | |
---|---|
गाउँ, टोल | |
![]() सालडाँडा गाउँको एक सुन्दर तस्बिर | |
उपनाम: हट्टिया गाउँ | |
आदर्श वाक्य: आजको निकास सालडाँडा गाउँको समग्र विकास | |
देश | ![]() |
अञ्चल | गण्डकी |
जिल्ला | स्याङ्जा |
सरकार गण्डकी प्रदेश | |
• प्रकार | स्थानीय तह |
• क्लब प्रमुख | अध्यक्ष |
जनसङ्ख्या (बि. सं. २०६८) | |
• जम्मा | २००० भन्दा बढी[1] |
सालडाँडा गाउँ र वरपर | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०६३ |
वेबसाइट | http://www.saldandavillage.com.np |
यस गाउँ वा ठाउँमा विशेषगरि मगर, नेवार, ब्राह्मण साथै अन्य जातिहरूको मुख्य बसोवास रहेको छ । यस ठाउँमा करिब २,००० मानिसहरूको बसोबास पनि रहेको छ । मुख्यतया हिन्दू धर्म मान्ने मानिसहरू रहेको यस गाउँमा पछिल्लो समयमा बौद्ध तथा इसाई धर्मको समेत केही हदसम्म प्रभाव परेको देखिन्छ ।
सामान्यतया सालडाँडा गाउँ भन्नाले हरिनास गाउँपालिका वडा नम्बर १ मा पर्ने उत्तरी हट्टियालाई बुझिए पनि समग्रमा सालडाँडा भन्दा भने त्यस गाउँ लगाएत, उक्त गाउँका वरपरका स-साना गाउँहरूको सामुहिक रूपलाई समेत चिन्ने गरिन्छ । त्यस्ता गाउँ अन्तरगत ग्यान्द्रिस थर / राना थर , अधिकारी गाउँ, सानो हट्टिया, धनुबासे, तल्लो जामुने, माथिल्लो जामुने, ठुलो हट्टिया, छेक्मा, कुवापानी, धारापानी, खाती गाउँ, भैसिपानी आदि विभिन्न गाउँ तथा टोलहरू पर्दछन् ।
सम्भवत २०० देखि १५० वर्षको लिखित प्रमाण रहेको यस सालडाँडा गाउँमा निकै पुराना मानव निर्मित सम्पदाहरू पनि रहेको छ । यहाँ एक निकै पुरानो अर्थात् झन्डै ७०/८० वर्ष पुरानो पधेँरा रहेको छ । जसको स्थान मिति वि.स. २००१ उल्लेख रहेको छ । साथै यस ठाउँको विभिन्न स्थानहरूमा त्यस्तै सानाठूला अन्य पुरानो पानीका स्रोतका रूपमा प्रयोग भएका पधेँरा तथा कुवाहरू रहेका छन् । एवम् यहाँ विभित्र प्रकारका पुराना चौतारी तथा पाटी पौवा, थातीहरू साथै देवताको थानहरू रहेको छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0e/Padhera_of_Saldanda.jpg/640px-Padhera_of_Saldanda.jpg)