From Wikipedia, the free encyclopedia
मियाँ मोहम्मद शहबाज सरिफ (उर्दु: میاں محمد شہباز شریف[4] एक पाकिस्तानी राजनीतिज्ञ र व्यवसायी हुन् जो हाल मार्च २०२४ देखि पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रूपमा सेवा गरिरहेका छन्, उनले पहिले अप्रिल २०२२ देखि अगस्ट २०२३ सम्म यस पदमा सेवा गरेका थिए।[5][6][7] उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष हुन्। आफ्नो राजनीतिक जीवनमा उनले तीन पटक पन्जाबको मुख्यमन्त्रीको रूपमा सेवा गरेका थिए, जसले उनलाई पन्जाबको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री बनाएको थियो।[8]
शहबाज सरिफ | |
---|---|
شہباز شریف | |
२३औँ पाकिस्तानको प्रधानमन्त्री | |
पद बहाली ३ मार्च २०२४[1] | |
राष्ट्रपति | आरिफ अल्वी |
पूर्वाधिकारी | अनवार उल हक काकर (कामचलाउ) |
कार्यकाल ११ अप्रिल २०२२ – १३ अगस्ट २०२३ | |
राष्ट्रपति | आरिफ अल्वी |
पूर्वाधिकारी | इमरान खान |
उतराधिकारी | अनवार उल हक काकर (कामचलाउ) |
प्रतिपक्ष दलको नेता | |
कार्यकाल २० अगस्ट २०१८ – १० अप्रिल २०२२ | |
राष्ट्रपति | ममनुन हुसेन आरिफ अल्वी |
पूर्वाधिकारी | सैयद खुर्सेद अहमद शाह |
उतराधिकारी | राजा रियाज अहमद खान |
पाकिस्तानको राष्ट्रिय सभाको सदस्य | |
पद बहाली १३ अगस्ट २०१८ | |
निर्वाचन क्षेत्र | रास-१३२ (लाहोर-६) |
१३औँ, १५औँ पन्जाबको मुख्यमन्त्री | |
कार्यकाल ७ जुन २०१३ – ७ जुन २०१८ | |
राज्य प्रमुख | मोहम्मद सरवार मलिक मोहम्मद रफीक राजवाना |
पूर्वाधिकारी | नजाम सेठी (कामचलाउ) |
उतराधिकारी | हसन अक्सारी रिज्वी (कमचलाउ) |
कार्यकाल ३० मार्च २००९ – २६ मार्च २०१३ | |
राज्य प्रमुख | मखदूम महमद महमूद लतिफ खोसा सलमान तसीर |
पूर्वाधिकारी | प्रदेश प्रमुखको शासन |
उतराधिकारी | नजाम सेठी (कमचलाउ) |
कार्यकाल ८ जुन २००८ – २५ फेब्रुअरी २००९ | |
राज्य प्रमुख | सलमान तसीर राना मोहम्मद इक्बाल लतिफ खोसा सैयद अहमद महमूद |
पूर्वाधिकारी | दोस्त मोहम्मद खोसा |
उतराधिकारी | प्रदेश प्रमुखको शासन |
कार्यकाल २० फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९ | |
राज्य प्रमुख | शाहिद हमिद जुल्फिकार अली खोसा |
पूर्वाधिकारी | मियाँ मोहम्मद अफजल हायात (कामचलाउ) |
उतराधिकारी | चौधरी परवेज इलाही (सन् २००२) |
पाकिस्तान मुस्लिम लिग (नवाज)को अध्यक्ष | |
पद बहाली १३ मार्च २०१८ | |
पूर्वाधिकारी | नवाज सरिफ |
कार्यकाल सन् २००९ – सन् २०११ | |
पूर्वाधिकारी | निसार अली खान |
उतराधिकारी | नवाज सरिफ |
व्यक्तिगत विवरण | |
जन्म | लाहोर, पन्जाब, पाकिस्तान | २३ सेप्टेम्बर १९५१
राष्ट्रियता | पाकिस्तानी |
राजनीतिक दल | पाकिस्तान मुस्लिम लिग (नवाज) |
जीवन साथीहरू | |
सन्तान(हरू) | ४, हम्जा शहबाज समावेश |
अभिभावकs |
|
आफन्तहरू | नवाज सरिफ (दाइ) हेर्नुहोस् सरिफ परिवार |
शिक्षा | गभरमेन्ट कलेज विश्वविद्यालय (कलामा स्नातक) |
हस्ताक्षर | |
शहबाज सन् १९८८ मा पन्जाबको प्रदेश सभा र सन् १९९० मा पाकिस्तानको राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनी सन् १९९३ मा पन्जाब प्रदेश सभामा पुनः निर्वाचित भएका थिए र विपक्षीको नेता चुनिएका थिए। उनी २० फेब्रुअरी १९९७ मा पहिलो पटक पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए। सन् १९९९ मा पाकिस्तानमा भएको ‘सैन्य तख्तापलट' पछि शहबाज र उनको परिवारले साउदी अरबमा वर्षौँ सम्म स्व-निर्वासन बिताएका थिए र सन् २००७ मा पाकिस्तान फर्केका थिए। सन् २००८ को पाकिस्तानको आम निर्वाचनमा पन्जाब प्रदेशमा पाकिस्तान मुस्लिम लिग-नुनको विजयपछि शहबाज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका थिए। उनी सन् २०१३ को आम निर्वाचनमा तेस्रो पटक पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए र सन् २०१८ को आम चुनावमा आफ्नो पार्टीको पराजयसम्म आफ्नो कार्यकाल पूरा गरेका थिए। मुख्यमन्त्रीको रूपमा आफ्नो कार्यकालको दौडान, शहबाजले एक उच्च सक्षम र लगनशील प्रशासकको रूपमा ख्याति प्राप्त गरेका थिए।[9] उनले पन्जाबमा महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सुरु गरेका थिए र उनको कुशल शासनको लागि प्रख्यात थिए।[10][11][12] पनामा पेपर्स प्रकरणमा शहबाजका दाइ नवाज सरिफलाई पदधारण गर्न अयोग्य घोषित गरेपछि शहबाजलाई पाकिस्तान मुस्लिम लिग-नुनको अध्यक्षमा मनोनीत गरिएको थियो। सन् २०१८ को चुनावपछि उनलाई विपक्षी दलको नेतामा मनोनीत गरिएको थियो।[13]
सन् २०१९ को डिसेम्बरमा राष्ट्रिय जवाफदेही ब्यूरो ले शहबाज र उनका छोरा हम्जा सरिफको २३ वटा सम्पत्ति रोक्का गरेको थियो। २८ सेप्टेम्बर २०२० मा एनएबीले शहबाजलाई लाहोर उच्च अदालतमा गिरफ्तार गरेको थियो र उनलाई सम्पत्ति शुद्धीकरणको आरोपमा अभियोग लगाएको थियो। उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।[14][15] १४ अप्रिल २०२१ मा लाहोर उच्च अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा छोडेको गरेको थियो।[16] १२ अक्टोबर २०२२ मा, शहबाज र उनका छोरालाई लाहोर विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको सम्पुर्ण अभियोगहरूबाट मुक्त गरेको थियो।[17] सन् २०२२ को पाकिस्तानी राजनीतिक सङ्कटका बीच इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव आएपछि उनी ११ अप्रिल २०२२ मा राष्ट्रिय सभाद्वारा प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका थिए। १२ अगस्ट २०२३ मा पाँच वर्षे कार्यकाल पूरा भएका कारण संसद्को म्याद सकिन लागेको थियो। चुनाव र अन्य राजनीतिक लाभका लागि थप समय प्राप्त गर्नका लागि, सरिफ र लोकतान्त्रिक गठबन्धन ९ अगस्ट २०२३ मा संसद भङ्ग गर्न सहमत भएका थिए जसलाई पाकिस्तानका राष्ट्रपतिले अनुमोदन गरेका थिए।[18]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.