लोमान्थाङ गाउँपालिका
From Wikipedia, the free encyclopedia
लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[2][3] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो।[4][5] लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४३० रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकासम्म छ ।[6]
छरितो तथ्यहरू लोमान्थाङ, देश ...
लोमान्थाङ | |
---|---|
निर्देशाङ्क: २९°१०′५९″उ॰ ८३°५७′२४″पू॰ | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | टसी न्हर्वु गुरुङ (एमाले) |
• उपाध्यक्ष | छयुमी बिष्ट गुरुङ (एमाले) |
क्षेत्रफल | |
• जम्मा | ७२७ किमी२ (२८१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,४३० |
• घनत्व | २�०/किमी२ (५.१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको लोमान्थाङ गाविसको कार्यालय |
वेबसाइट | lomanthangmun |
बन्द गर्नुहोस्