From Wikipedia, the free encyclopedia
२०३८ वैशाख २७ मा, नेपालमा राष्ट्रिय पञ्चायतका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। ८०% सिट वयस्क सार्वभौमिक मताधिकारको माध्यमबाट चुनिएको थियो। नेपालमा २२ वर्षमा भएको यो पहिलो सार्वभौमिक मताधिकारको निर्वाचन थियो। यद्यपि, त्यस समयमा राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो र मुख्य भूमिगत विपक्षी शक्तिहरू (नेपाली काङ्ग्रेस र विभिन्न कम्युनिस्ट समूहहरू)ले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए।[1]
२०२७ को संविधान संशोधनपछि पहिलो पटक यो निर्वाचन भएको थियो। कुल ११२ सिटहरू थिए, जबकि २८ सदस्य राजाद्वारा नियुक्त गरिएको थियो। आधिकारिक प्रतिवेदन अनुसार, ६३ प्रतिशत योग्य मतदाताले निर्वाचनमा भाग लिएका थिए। यद्यपि, मतदान सङ्ख्यामा केही विसङ्गतिहरू थिए। मतदानमा ५२.२ मत खसेको थियो।[2] [3]
नेपालका ७५ जिल्लाहरू मध्ये ४० जिल्लाहरूमा दुई सदस्यीय निर्वाचन क्षेत्र र कम जनसङ्ख्या भएका ३५ जिल्लामा एक सदस्य निर्वाचन क्षेत्र कायम गरिएको थियो।[4] १५ पहाडी जिल्लाहरू सबै एकल-सदस्य निर्वाचन क्षेत्र थिए। पहाडी जिल्लामा ५७, भित्री तराईमा ८ र तराईमा ३२ सिट कायम गरिएको थियो।[5]
सुरुमा १ हजार ४ सय ५१ जना उम्मेदवार थिए, जसमध्ये ३ सय ५३ जनाले पछि नाम फिर्ता लिएका थिए। विभिन्न ४३ जिल्लाका ७० उम्मेदवारले आम निर्वाचन २०१५मा पनि भाग लिएका थिए।[6] लगभग सबै उम्मेदवारहरूले "ईश्वर र मातृत्व" जस्ता नाराहरूमा प्रचार गरेका थिए, जसले आफूलाई भ्रष्टाचार र मुद्रास्फीति विरोधिको रूपमा चित्रण गरेका थिए। चुनावमा सङ्गठित राजनीतिक दलहरूको अनुपस्थितिको रहेको थियो। देशका विभिन्न सहरहरूमा जनसभाहरूको आयोजना गरिएको थिएन। अधिकांश उम्मेदवार घरदैलो प्रचार र पारिवारिक र जातीय सञ्जालमार्फत प्रचारमा निर्भर थिए। उम्मेदवारहरूले लाउडस्पिकर सहितको पोस्टर र सवारी साधनपनि प्रयोग गरेका थिए। प्रत्येक उम्मेदवारको खर्च सीमा ३०,००० नेपाली रुपैयाँ तोकिएको थियो।[1][5]
उम्मेदवारले चुनाव लड्नका लागि १,५०० नेपाली रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको थियो।[5]
दल | मत | % | सिट | |
---|---|---|---|---|
स्वतन्त्र | ३,८५५,५२५ | १०० | ११२ | |
मनोनीत | २८ | |||
जम्मा | ३,८५५,५२५ | १०० | १४० | |
वैध मतहरू | ३,८५५,५२५ | ९४.५३ | ||
अवैध/रिक्त मतहरू | २२३,११८ | ५.४७ | ||
जम्मा मत | ४,०७८,६४३ | १०० | ||
दर्ता भएका मतदाता/मतदान | ७,८११,४४८ | ५२.२१ | ||
स्रोत: Nohlen et al., IPU |
बहालवाला प्रधानमन्त्री सूर्यबहादुर थापा धनकुटा जिल्लाबाट चुनाव लडेर निर्वाचित भएका थिए। उनले कुल ४० हजार ५ सय ४६ मत प्राप्त गरेका थिए। पञ्चायतपूर्वका दुई प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र कुँवर इन्द्रजीत सिंहले पनि चुनाव लडेका थिए। मातृकाप्रसाद कोइराला मोरङबाट चुनाव लडेका थिए। उनलाई अनौपचारिक रूपमा सूर्यबहादुर थापाले साथ दिएका थिए। कोइराला चुनावमा पराजित भएका थिए, जबकि कुँवर इन्द्रजीत सिंह निर्वाचित भएका थिए।[7]
समग्रमा भन्ने हो भने, यो परिणाम शासक वर्गका लागि ठूलो झट्का थियो। यद्यपि सबै उम्मेदवारहरू आधिकारिक रूपमा स्वतन्त्र थिए। विभिन्न उम्मेदवारहरू सरकारको समर्थनमा परिचित बनेका थिए। कुलमा मिलाएर लगभग ७०% "आधिकारिक" उम्मीदवारहरू पराजित बन्न पुगेका थिए। निर्वाचित राष्ट्रिय पञ्चायतमा ५७ जना नवप्रवेशी थिए।[6]
सरकार समर्थित पक्षको पराजय आंशिक रूपमा सरकार समर्थित खेमाभित्रको विभाजनका कारण भएको थियो। मोरङ जिल्लामा शाही घराना र प्रधानमन्त्रीले विपक्षी उम्मेदवारहरूलाई समर्थन गरेका थिए जसको परिणामस्वरूप अन्ततः दुवैको हार भएको थियो।
सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार मन्त्री हेमबहादुर मल्ल थिए। मल्लले ७६ हजार ७ सय २० मत प्राप्त गरेका थिए। सबैभन्दा कम मत प्राप्त गरेका तेजबहादुर भामले तीन हजार १३७ मत प्राप्त गरेका थिए।[7] संसदीय प्रजातन्त्रको पुनस्र्थापनाका स्वतन्त्र समर्थकहरू अर्जुननरसिंह केसी, प्रकाशचन्द्र लोहनी र श्रीभद्र शर्मा निर्वाचित भएका थिए।[7]
नेपाली काङ्ग्रेसको नेतृत्वले बहिस्कारको आह्वान गरेतापनि बखानसिंह गुरुङ नेतृत्वको असन्तुष्ट समूहले ३६ जना उम्मेदवार उठाएको थियो। तीमध्ये चार जना निर्वाचित भएका थिए। कुँवर इन्द्रजीत सिंह, बखानसिंह गुरुङ, काशीनाथ गौतम र भागवत यादव निर्वाचित भएका थिए। केशरजङ्ग रायमाझी नेतृत्वको सोभियत पक्षधर कम्युनिस्ट पार्टीले ४५–५० भन्दा बढी उम्मेदवार खडा गरेको थियो, तर कोही पनि निर्वाचित हुन असफल भएका थिए।[6][7]
गोविन्दनाथ उप्रेती काभ्रे, रुपचन्द्र विष्ट मकवानपुर र कर्णबहादुर ह्युजु, भक्तपुरबाट निर्वाचित भएका छन्।
यस निर्वाचनमा २८ जना महिला उम्मेदवारले भाग लिएका थिए जसमध्ये दुई जना निर्वाचित भएका थिए। नानी मैया दाहाल र भद्राकुमारी घले निर्वाचित उम्मेदवारहरू हुन्। त्यस समय नेपाली राजनीतिमा अपेक्षाकृत अपरिचित व्यक्ति नानीमैया दाहालले काठमाडौँ जिल्लाको निर्वाचनमा विजय हासिल गरेकी थिए। उनको निर्वाचनलाई संस्थापन पक्षविरुद्ध अविश्वासको मतका रुपमा हेरिएको थियो।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.