मनमोहन अधिकारी
नेपाल का भुतपुर्ब प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
मनमोहन अधिकारी (१९७७ जेठ २८ - २०५६ वैशाख १३) नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए।[2] उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए।
मनमोहन अधिकारी | |
---|---|
नेपालको ३१औँ प्रधानमन्त्री | |
कार्यकाल २०५१ मङ्सिर १४ – २०५२ भदौ २७ | |
एकाधिपति | वीरेन्द्र |
पूर्वाधिकारी | गिरिजाप्रसाद कोइराला |
उतराधिकारी | शेरबहादुर देउवा |
व्यक्तिगत विवरण | |
जन्म | १९७७ जेठ २८ [1] लाजिम्पाट, काठमाडौँ |
मृत्यु | २६ अप्रिल १९९९(1999-04-26) (उमेर ७८) काठमाडौँ, नेपाल |
राजनीतिक दल | नेकपा एमाले |
आफन्तहरू |
|
काठमाडौँको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताएका थिए। उनलाई वि.सं १९९४ मा वाराणसी अध्ययन गर्नको लागि पठाइएको थियो। उनको बिएस्सीको अध्ययन सकिन लागेका बेला १९९८ मा, मनमोहन भारत छोड आन्दोलन आन्दोलनमा सहभागी भएका थिए।[3] उनलाई ब्रिटिस सरकारले गिरफ्तार गरेको थियो र अन्य नेताहरूसँगै कारागार चलान भएका थिए। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए। उनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड युनियनको नेता बनेका थिए।
२००४ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये उनी पनि एक थिए। बङ्गलादेशको स्वतन्त्रता युद्धको क्रममा पनि उनी पक्राऊ परेका थिए।[4]