भिके (सामाजिक सञ्जाल)
प्रख्यात सामाजिक सञ्जाल सेवा / From Wikipedia, the free encyclopedia
भिके (रुसी: ВКонтакте, नेपाली: सम्पर्कमा रहने) एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेको छ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा आधारित खेल्ने खेलहरू र यसले निजी र सार्वजनिक रूपमा सन्देश पठाउन अनुमति दिन्छ। यसको मुख्य सर्भर सेन्ट पिटर्सवर्ग, रूसमा रहेको छ।
साइटको प्रकार | सामाजिक सञ्जाल |
---|---|
उपलब्ध भाषा | नेपाली सहित ९० भन्दा बढी भाषाहरू |
मालिक | भिकन्तेक्तलिमिटेड |
सर्जक | पाभेल दुरोभ |
आय | PP ४२,७५१ मिलियन (२०१६)[1] |
अभिभावक | मेल डटरू समूह |
युआरएल | vk |
अलेक्सा क्रम | १७ नोभेम्बर २०१८[2] |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | ५००,०००,०००+ अगस्ट २०१८ का अनुसार[3] |
चालु भएको मिति | अक्टोबर १०, २००६; १७ वर्ष पहिले (२००६-१०-10) |
वर्तमान स्थिति | चालु |
अगस्ट २०१८ सम्ममा, भिकेमा कम्तीमा ५०० मिलियन खाताहरू दर्ता भएका छन्।[4]अलेक्साको विश्वव्यापी शीर्ष ५०० साइटहरूमा यो १९औँ स्थानमा रहेको छ (डिसेम्बर २०१९ अनुसार)।[5] यो रूसमा सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो।[6] सिमिलर वेबका अनुसार भिके संसारकै ९औँ सबैभन्दा धेरै ब्राउज गरिने वेबसाइट हो।[7] मार्च २०१८ सम्ममा, भिके रूस बाहेक बेलारुस र कजाख्स्तानमा पनि सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल वेबसाइटको रूपमा रहेको छ।[8] यस वेबसाइटको मालिक मेल डटरूले रूसको अर्को लोकप्रिय सामाजिक सञ्जाल ओद्नोकलासनिकी वा सामन्यतया 'ओको' पनि अधिग्रहित गरेका छन्।