काठमाण्डौमा अवस्थित थापा दरबार From Wikipedia, the free encyclopedia
बाग दरबार काठमाण्डौमा अवस्थित ( थापा ) दरबार हो। दरबार क्षेत्र धरहराको पश्चिम पट्टि निर्मित उक्त दरबारमा विभिन्न बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको उक्त दरबारलाई पछिल्लो समयमा शाह वंश र नेपाल सरकारले नियन्त्रणमा लिए ।[1][2]
बाग दरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | नवशास्त्रीय वास्तुकला एवम् मुगल वास्तुकला |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
लागत | अज्ञात |
ग्राहक | महोद्दामकीर्ति शाह भीमसेन थापा, अमरसिंह थापा (सानुकाजी), नेपाल सरकार माथवरसिंह थापा जङ्गबहादुर राणा अधिराजकुमार उपेन्द्र वीर शमशेर हरि शमशेर जङ्गबहादर राणा नेपाल सरकार |
प्राविधिक विवरण | |
बनावट | ईँट र गिलेवा |
यस दरबार काठमाडौँको केन्द्रमा अवस्थित छ ।[3]
तत्कालीन मकवानपुर विजयपछी मकवानपुरले चर्चेको तराई भेगको प्रशासक भएर बसेका महोद्दामकीर्ति शाहले मकवानपुरको राजा हुने दाबीलाई पृथ्वीनारायणले भाइभतिजालाई श्रीपेच बाँड्न विभाजित र टुक्रे राज्यलाई एउटै राज्यमा मिलाएको होइन भनेर सातो लिए पनि उनले राजा हुन्छु भनेर श्रीपेच नै बनाएको खबर केहरसिंह बस्नेतले पृथ्वीनारायणलाई पठाइदिएपछि ‘त्यसो गरिस् भने तेरा आँखा झिकिदिन्छु’ भनेर गाली गरेपछि महोद्दामकीर्ति बिभिन्डिएर हिँडेपछि उनलाई खुसी पार्न रोजेको दरबार दिइएको थियो ।
महोद्दामकीर्तिलाई काठमाडौँमा उपलब्ध मध्य हनुमानढोका दरबारपछिको सबैभन्दा भव्य वाग–बगैंचाले सुशोभित, टुँडिखेलको पश्चिम दक्षिणतिर रहेको भव्य र सुन्दर महल दिएका थिए । मनमोहक वाग–बगैंचाको आवादीभित्रको महल हुनाले उक्त महल वाग महल (दरबार) का नामले चिनिन्थ्यो ।
पृथ्वीनारायण शाहले अर्का भाइ दलमर्दनलाई अहिलेको जुद्ध सडकबाट इन्द्रचोक जाने बाटोको धर्मपथको भवन दिएका थिए । भीमसेन थापाले महोद्दामकीर्ति र दलमर्दनका नाबालक नाति र छोराहरू वीरभद्र, भीमप्रताप, भीमरुद्र र कुलचन्द्र शाहहरूको आँखा फुटाएर उनीहरूलाई भण्डारखालमा कैद गरे । वीरभद्रहरूको भव्य वागदरबार विसं १८६१ फागुन २८ भीमसेन थापाले कब्जा गरे ।[4]
थापा भारदार परिवारको निजी निवास रहेको यो दरबारको निर्माण सन् १८०५ मा भीमसेन थापाले गरेका हुन् । थापाथली दरबारमा पनि केही थापाहरूको बसोबास थियो । यस दरबार बसन्तपुर दरबार नजिकै रहेको थियो । सन् १८३७ मा नेपाल सरकारले यो दरबार जफत गरेको थियो भने सन् १८४३ मा उक्त भारदार परिवारका ज्येष्ठ माथवरसिंह थापाले पुन: फिर्ता लिएका थिए ।[1] सन् १९०२ मा उनको हत्या गर्दै जंगबहादुर राणाले कब्जा गरे ।
वि सं १९०७ फागुन ६ गते बेलायत भ्रमण गरी बमबहादुरले आफ्नो समेत सहभागी भएको बद्रीनरसिंह, जयबहादुर, करवीर खत्री , माहिला साहेबज्यू उपेन्द्रविक्रम लगायतका मानिसले जंगबहादुरको हत्या गर्ने षड्यन्त्रको भण्डाफोर गरे । माहिला साहेबज्यू उपेन्द्र विक्रम शाहलाई पहिले भक्तपुर दरबार र पछि बागदरबारमा निगरानीसाथ राखे ।
वीरशमशेरको विवाह माहिला साहेबज्यूकी छोरीसँग भएको हुँदा उनको भयो । १९९० को भुकम्पमा क्षतिग्रस्त भएको यो दरबार वि सं १९९७ सालमा जुद्ध शमशेरले पुननिर्माण गराए । पछि उनका छोरा हरि शमशेर बस्न लागे।
बागदरबार अहिलेको सुन्धारादेखि त्रिपुरेश्वरसम्म फैलिएको थियो। त्यहीँको जमिनमा पछि हाडनाता करणीमा परेका भद्र शमशेरलाई राख्न बनाइएको जेल अहिले भद्रगोल जेलका नामले चिनिन्छ ।
यस दरबारको नामाङ्करण माथवरसिंह थापाद्वारा दरबारको अघिल्तिर राखिएको बाघको खोरबाट हो भन्ने एक भनाइ मानिएको छ ।[1][5] बाग शब्दको अर्थ बगैंचा हो र यसको नामाङ्करण पनि बगैंचाको दरबार भन्ने अर्थमा भएको पनि हुनसक्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.