भक्तपुर दरबार क्षेत्र

From Wikipedia, the free encyclopedia

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र (नेवारी: ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा 'ख्वो पा'मा अवस्थित छ।[१] यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र)[२] रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।[३]

छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, स्थान ...
काठमाडौँ उपत्यका
भक्तपुर दरबार क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
Thumb
पचपन्नझ्याले दरबार
स्थाननेपाल
मापदण्डसांस्कृतिक: iii, iv, vi
स्रोत121
दर्जा प्राप्तसन् 1979 (३औँ शत्र)
विस्तारसन् २००६
खतरापूर्णसन् २००३- सन् २००७
क्षेत्रफल१६७.३७ हेक्टर
तटस्थ क्षेत्र७०.२९ हेक्टर
निर्देशाङ्क27.704°N 85.309°E / 27.704; 85.309
Thumb
नेपालको नक्सामा स्थान
बन्द गर्नुहोस्

इतिहास

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए।

मुख्य आकर्षणहरू

पचपन्नझ्याले दरबार

पचपन्नझ्याले दरबार (नेवारी: ङेङापा झ्यः लायकू)को निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल सम्वत् ८२८ (विक्रम सम्वत् १७६५) मा भएको थियो।[४][५][६]

वत्सल्य देवी मन्दिर

भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो। ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सलय देवी रहेकी छिन्। यो मन्दिर आफ्नो चाँदीको ठूलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ। स्थानीय वासीको अनुसार यस मन्दिरको ठूलो घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुँक्ने र कराउने गर्दछन्। सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो। यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ।[७]

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.