फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली (फ्रान्सेली: Équipe de France féminine de football) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्दछ। टोली हाल फ्रान्सेली फुटबल सङ्घको नियन्त्रणमा रहेको छ। टोलीले युरोपेली फुटबल महासङ्घका विभिन्न प्रतियोगिताहरूमा खेल खेल्ने गर्दछ जसमा फिफा महिला विश्वकप, युइएफए महिला युरो, ग्रीष्मकालिन ओलम्पिक, र आल्गार्भे कप समावेश छन्।[3]
उपनाम(हरू) | Les Bleues (फ्रान्सेलीमा) | ||
---|---|---|---|
सङ्गठन | फ्रान्सेली फुटबल सङ्घ | ||
सङ्घ | युरोपेली फुटबल महासङ्घ (युरोप) | ||
प्रमुख प्रशिक्षक | कोर्निन दियाक्रे | ||
कप्तान | आमान्दिन हेनरी | ||
सर्वाधिक उपस्थिति | सँद्रिन सुबेरँद (१९८) | ||
सर्वाधिक गोलकर्ता | इजुनि ले सोमेर (८६) | ||
फिफा कोड | FRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ४ ![]() | ||
उच्च वरीयता | ३ (डिसेम्बर २०१४ – जुन २०१७, जुन २०१८) | ||
निम्न वरीयता | १० (सेप्टेम्बर २००९) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (म्यानचेस्टर, इङ्ल्यान्ड; अक्टोबर १९२०) | |||
ठूलो विजय | |||
![]() ![]() सेसोँ सेभिङे, फ्रान्स; १४ मे १९९८) ![]() ![]() (ल माँ, फ्रान्स; २८ नोभेम्बर २०१३) | |||
ठूलो हार | |||
![]() ![]() (बाद क्रोच्यास्नक्स, जर्मनी; २ सेप्टेम्बर १९९२)[2] | |||
विश्वकप | |||
उपस्थिति | ४ (पहिलो खेल २००३) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान (सन् २०११) | ||
युइएफए महिला युरो | |||
उपस्थिति | ६ (पहिलो खेल सन् १९९७) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल (सन् २००९, २०१३, २०१७) |
फ्रान्स महिला राष्ट्रिय टोलीले सन् १९९७ को युरोपेली प्रतियोगिताको संस्करणको क्वार्टर फाइनलमा पुग्नु भन्दा अगाडि लगातारका तीनवटा फिफा महिला विश्वकप र ६ वटा युरोपेली प्रतियोगिता लागि छनोट हुन असफल बनेको थियो।यद्यपि नयाँ सहस्राब्दीको सुरुदेखि नै फ्रान्स युरोपको सबैभन्दा सबल टोलीहरू मध्ये एक बनेको छ र सन् २००३ मा पहिलो पटक फिफा महिला विश्वकपको लागि छनोट भएको थियो र सन् २००० पछिका युरोपेली प्रतियोगिता मध्ये दुईवटा संस्करणमा क्वार्टर फाइनल सम्म पुगेको थियो। सन् २०११ मा, फ्रान्सले २०११ फिफा महिला विश्वकपमा चौथो स्थान सम्म पुगेको थियो जुन प्रतियोगितामा समग्रमा सबै भन्दा राम्रो समाप्ति हो। अर्को वर्षमा, टोलीले सन् २०१२ साइप्रस कप र महिला ओलम्पिक फुटबल प्रतियोगिताको चौथो स्थान कब्जा गरेको थियो। कोर्निन दायाक्रे ३० अगस्त २०१७ देखि टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा छिन्। टोलीकी कप्तान मध्यपङ्क्तिकी खेलाडी आमात्दिन हेनरी हुन्।[4] यसले सन् २०१९ फिफा महिला विश्वकपको आयोजना गरेको थियो।[5]