फ्रान्सेली राज्यक्रान्ति
From Wikipedia, the free encyclopedia
फ्रान्सेली राज्यक्रान्ति (फ्रान्सेली: Révolution française [ʁevɔlysjɔ̃ fʁɑ̃sɛːz]) रेभोलुस्योँ फ्रँसेस ; सन् १७८९-१७९९) फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो। नेपोलियन बोनापार्टले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केही अंशसम्म यस क्रान्तिलाई अघि बढाएका थिए। क्रान्तिको फलस्वरूप राजालाई गद्दीबाट हटाई गणतन्त्रको स्थापना भएको थियो। यस क्रान्तिले आधुनिक इतिहासको दिशा परिवर्तन गरिदिएको थियो। यसबाट विश्वभर निरपेक्ष राजतन्त्रमा ह्रास आउन सुरु भएको थियो।[1] इतिहासकारहरूले यो क्रान्तिलाई मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मान्दै आएका छन्।[2][3][4]
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
को भाग | |
मिति | १७८९ मे ५ - १७९९ नोभेम्बर ९ (१० वर्ष , ६ महिना र ४ दिन ) |
---|---|
स्थान | फ्रान्स |
परिणाम |
|
क्रान्ति पछिको तीन वर्ष सत्ता कब्जाका लागि गरिएका पहलहरू निकै सङ्घर्षपूर्ण भएको थियो। अस्ट्रिया, बेलायत र प्रसिया जस्ता बाहिरी शक्तिहरूले यस क्रान्तिलाई खतराको रूपमा हेरेकाले अप्रिल १७९२ मा फ्रान्सेली क्रान्तिकारी युद्ध सुरु भएको थियो। लुई सह्रौको शासन अन्त्य गरी २२ सेप्टेम्बर १७९२ मा पहिलो फ्रान्सेली गणतन्त्रको स्थापना भएपछि सन् १७९३ को जनवरीमा राजालाई मृत्युदण्ड दिइएको थियो। जुन महिनामा भएको पेरिस विद्रोहले संसदमा अधिपत्य जमाएका जिरोन्दलाई माक्सिमिलियेँ रबस्पियरको नेतृत्वमा रहेको सुरक्षा निकायले विस्थापित गरेको थियो।
यस क्रान्तिले विश्वव्यापी रूपमा गणतन्त्र र प्रजातन्त्रको उदयको गतिलाई तीब्रता दिनुका साथै यो क्रान्ति थुप्रै आधुनिक राजनैतिक विचारधाराको विकासको केन्द्रिय बिन्दु बनेको थियो। यसले उदारवाद, पुरातनवाद, राष्ट्रवाद, धर्म निरपेक्षता र अन्य धेरै राजनैतिक आदर्शहरूको विस्तारको लागि दिशानिर्देश गरेको थियो। यो क्रान्ति फ्रान्सका जनता र स्रोतहरूलाई एकक्रित गर्दै राष्ट्रिय सुरक्षाको लक्ष्य तर्फ केन्दृत गरी पूर्ण युद्धको उदयको साक्षी समेत बनेको थियो।[5]