प्रयोगकर्ता:Bhawani Gautam/Sandbox
From Wikipedia, the free encyclopedia
प्रयोगकर्ता अवकाशमा, फुर्सतमा प्रबन्धकीय र प्रशासकीय कार्य गर्ने। |
गुरूप्रसाद मैनाली | |
---|---|
![]() | |
जन्म | वि. सं. १९५७ कानपुर, काभ्रेपलाञ्चोक जिल्ला, नेपाल |
मृत्यु | वि. सं. २०२८ |
राष्ट्रियता | नेपाली |
पेशा | कथाकार, लघुकथाकार |
नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् (पूरा पढ्नुहोस्...)
गुरूप्रसाद मैनाली (जन्म:वि.सं. १९५७, भाद्र शुक्ल चतुर्दशी, मृत्यु:वि.सं. २०२८ साल जेठ २५) नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार हुन्। सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ भन्ने शिक्षा कथाकार गुरूप्रसाद मैनालीबाट पाउन सकिन्छ।
जन्म
उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो। उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो। उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो।
शिक्षा
गुरूप्रसादले धेरै पढ्न सकेनन्। बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन। त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे। अनि स्रेस्ता पाठशालामा पढे। त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्। पूरा लेख पढ्नुहोस् ...