![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6e/Amarakosha.jpg/640px-Amarakosha.jpg&w=640&q=50)
अमरकोश
From Wikipedia, the free encyclopedia
अमरकोश (अमरकोष) पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धित पर्यायवाची कोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम शब्दकोश मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरूमा पनि यस कोशका अनेक पुस्तकहरु छन् । यस प्रकार आजसम्म यो कोश हजारौं लाखौं संस्करणमा छापिएको होलान भन्ने अनुमान गर्न सकिन्छ ।[1] तर यस सम्बन्धी कुनै तथ्य उपलब्ध छैन । संस्कृत भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही पुराणहरूमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । [2]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6e/Amarakosha.jpg/640px-Amarakosha.jpg)