From Wikipedia, the free encyclopedia
प्यालेस्टाइन संयुक्त राष्ट्र सङ्घ तथा अन्य संस्थाहरूद्वारा आधिकारिक रूपमा प्यालेस्टाइन राज्यको रूपमा मान्यता प्राप्त पश्चिम एसियामा अवस्थित एक सार्वभौम सम्पन्न राज्य हो। प्यालेस्टाइनले जेरुसेलमको साथ तोकिएको राजधानीको रूपमा पश्चिमी तट र गाजा पट्टी दावी गर्दछ। अभ्यासमा यसले पश्चिम तट र गाजा पट्टीको भित्री भागका १६७ टापुहरूमा आंशिक प्रशासननिक नियन्त्रण राख्दछ। यसको प्रशासनिक केन्द्र हाल रामल्लामा अवस्थित छ। प्यालेस्टाइन राज्यले दावी गरेको सम्पूर्ण भूभाग सन् १९४८ मिस्र र जोर्डनद्वारा र त्यसपछि १९६७ मा छ दिने युद्ध पछि इजरायलद्वारा कब्जा गरिएको छ। सन् २०२० को फेब्रुअरीसम्म प्यालेस्टाइन राज्यको जनसङ्ख्या ५,०५१,९५३ रहेको छ। यो जनसङ्ख्याको आधारमा विश्वको १२१ औँ स्थानमा रहेको छ।
प्यालेस्टाइन राज्य[i] | |
---|---|
प्यालेस्टाइनले दावी गरेको क्षेत्र (हरियो)[2] इजरायलले पनि दावी गरेको (हलुका हरियो) | |
वस्तु-स्थिति | आंशिक रूपमा मान्यता प्राप्त राज्य, संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक राष्ट्र १३८ संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले मान्यता दिएको |
| |
सबैभन्दा ठुलो सहर | गाजा सहर |
आधिकारिक भाषाहरू | अरबी |
रैथाने(हरू) | प्यालेस्टिनी |
सरकार | एकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र[5] |
• राष्ट्रपति | महमुद अब्बासa |
• प्रधानमन्त्री | मोहम्मद शतिह |
• सभामुख | सलिम जनुन |
व्यवस्थापिका | प्यालेस्टिनी राष्ट्रिय सभा |
स्थापना | |
• स्वतन्त्र घोषणा | १५ नोभेम्बर १९८८ |
• पर्यवेक्षण राष्ट्र | २९ नोभेम्बर २०१२ |
• इजरायलका साथ सार्वभौमता विवाद | जारीb[इ][6][7] |
क्षेत्रफल | |
• जम्मा | ६,०२० किमी२ (२,३२० वर्ग माइल)[8] (१६३औँ) |
• पानी (%) | ३.५[9] |
• पश्चिमी तट | ५,६५५ किलोमिटर2 |
३६५ किलोमिटर2[10] | |
जनसङ्ख्या | |
• सन् २०२० अनुमानित | ५१,५९,०७६[11] (१२१औँ) |
• घनत्व | ७३१ /किमी2 (१,८९३.३ /वर्ग माइल) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०१८ लगत |
• जम्मा | $२६.४७९ अर्ब[12] (–) |
• प्रति व्यक्ति | $५,७९५[13] (–) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०१८ लगत |
• जम्मा | $१४.६१६ अर्ब[14] (–) |
• प्रति व्यक्ति | $३,१९९[15] (–) |
गिनी (सन् २००९) | ३५.५[16] मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०१९) | ०.७०८[17] उच्च · ११५औँ |
मुद्रा |
|
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (प्यालेस्टाइन मानक समय) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (प्यालेस्टाइन ग्रीष्मकालिन समय) |
मिति ढाँचा | दिन/महिना/वर्ष |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +९७० |
आइएसओ ३१६६ सङ्केत | PS |
इन्टरनेट डोमेन | .ps |
दोस्रो विश्वयुद्ध पछि, सन् १९४७ मा, संयुक्त राष्ट्रले प्यालेस्टाइनको लागि विभाजन योजना अपनाएको थियो जसले स्वतन्त्र अरब र यहूदी राज्य र अन्तर्राष्ट्रियकरण गरिएको जेरूसलमको स्थापनाको सिफारिस गरेको थियो। यो विभाजन योजनालाई यहूदीहरूले स्वीकार गरेता पनि अरबीहरूले अस्वीकार गरेका थिए। १४ मे १९४८ मा इजरायल भूमिमा यहूदी राज्यको स्थापना भएको भोलिपल्ट, छिमेकी अरब सेनाले पूर्व बेलायती शासित क्षेत्रमा आक्रमण गर्दै इजरायली सेनाहरूसँग लडेका थिए। पछि, गाजामा मिस्रीहरूले नियन्त्रण गरेका थिए र २२ सेप्टेम्बर १९४८ मा अरब लिगले अखिल प्यालेस्टाइन सरकार स्थापना गरेको थियो। यसलाई छिट्टै जोर्डन बाहेक सबै अरब लिग सदस्यहरूले मान्यता दिएका थिए।यद्यपि सरकारको क्षेत्राधिकार पूरै पूर्व बेलायत शासित प्यालेस्टाइन समक्ष घोषणा गरिएको थियो तर यसको प्रभावकारी क्षेत्र गाजा पट्टीमा मात्र सीमित थियो। इजरायलले पछि गाजा पट्टी र सिनाई प्रायद्वीपलाई मिस्रबाट, पश्चिमी तट (पूर्वी जेरुसेलम सहित) जोर्डनबाट, र गोलान उच्चसमस्थली सिरियाबाट जुन १९६७ को छ दिने युद्धमा कब्जा गर्न सफल भएको थियो।
सन् १५ नोभेम्बर १९८८ मा अल्जेरियाको राजधानी अल्जियर्समा प्यालेस्टाइन मुक्ति सङ्गठनका अध्यक्ष यासर अराफातले प्यालेस्टाइन राज्य स्थापना को घोषणा गरेका थिए। सन् १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर गरेको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण को गठन पश्चिम तटको क र ख क्षेत्रलाई नियन्त्रण गर्न गरिएको थियो जसमा १६५ "द्वीप" र गाजा पट्टी रहेका छन्। गाजाबाट इजरायलीहरू हटाइएको दुई वर्षपछि सन् २००७ मा गाजालाई पछि कट्टरपन्थी सङ्गठन हमासद्वारा शासित गरिएको थियो।
प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र सङ्घका १९३ सदस्यहरू मध्ये १३८ जनाले मान्यता दिएका छन् (इजरायललाई १६४ जनाले मान्यता दिएका छन्) र सन् २०१२ देखि यो संयुक्त राष्ट्रसङ्घमा गैर-सदस्य पर्यवेक्षक राज्यको दर्जामा रहेको छ। प्यालेस्टाइन अरब लिग, इस्लामी सहयोग सङ्गठन, जी७७, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्य अन्तर्राष्ट्रिय निकायको सदस्य राष्ट्र समेत हो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.