पूर्वी भारत
From Wikipedia, the free encyclopedia
पूर्वी भारत भारतको बिहार, झारखण्ड, ओडिशा र पश्चिम बङ्गाल राज्यहरू र अन्डमन र निकोबार द्वीपसमूहको केन्द्र शासित प्रदेश मिलेर बनेको एक क्षेत्र हो। यो क्षेत्र लगभग मगधको ऐतिहासिक क्षेत्रसँग मेल खान्छ जहाँबाट यसले आफ्ना विभिन्न पूर्वी आर्य भाषाहरू प्राप्त गर्दछ।[1]
पूर्वी भारत | |
---|---|
निर्देशाङ्क: २३°१५′०″उ॰ ८६°०′०″पू॰ | |
देश | भारत |
राज्य र क्षेत्रहरू | |
सबैभन्दा ठुलो सहर | कोलकाता |
धेरै जनसङ्ख्या भएका सहरहरू (सन् २०११) | बिहार:
|
क्षेत्रफल | |
• जम्मा | ४१८३२३ किमी२ (१६१५१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२६९२५१९५ |
• घनत्व | ५४०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | भारतीय मानक समय (युटिसी+०५:३०) |
आधिकारिक भाषाहरू |
बिहार र पश्चिम बङ्गाल राज्यहरू सिन्धु गङ्गा मैदानमा अवस्थित छन्। झारखण्ड छोटा नागपुर पठारमा अवस्थित छ। ओडिशा पूर्वी घाट र दक्खिन पठारमा अवस्थित छ। पश्चिम बङ्गालको राजधानी कोलकाता यस क्षेत्रको सबैभन्दा ठुलो सहर हो। कोलकाता महानगर क्षेत्र देशको तेस्रो ठुलो महानगरीय क्षेत्र हो। यस क्षेत्रको उत्तरमा भुटान, नेपाल र सिक्किम राज्य, पश्चिममा उत्तर प्रदेश र छत्तीसगढ राज्य, दक्षिणमा आन्ध्र प्रदेश राज्य र पूर्वमा बङ्गलादेश रहेको छ। यसलाई दक्षिण-पूर्वमा बङ्गालको खाडीले घेरेको छ। यो पश्चिम बङ्गालको उत्तर पूर्वमा साँघुरो सिलिगुडी करिडोरद्वारा पूर्वोत्तर भारतका सात सिस्टर राज्यहरूसँग जोडिएको छ। पूर्वी भारतको कुल गार्हस्थ्य उत्पादन भारतका अन्य कुनै पनि क्षेत्रको तुलनामा चौथो ठुलो छ।[2]
यस क्षेत्रमा गङ्गाऋद्धि, नन्द, मौर्य, गुप्त, पाल, सेन, पूर्वी गङ्गा, गजपति, दिल्ली सल्तनत, बङ्गाल सल्तनत, मुगल साम्राज्य र ब्रिटिस साम्राज्य सहित धेरै साम्राज्यहरूले शासन गरेका थिए।