राँची
From Wikipedia, the free encyclopedia
राँची भारतको एक महानगर हो र यो झारखण्ड प्रदेशको राजधानी हो। पहिले जब यो बिहार राज्यको हिस्सा थियो तब गर्मिमा आफ्नो अपेक्षाकत ठण्डा मौसमका कारण प्रदेशको राजधानी हुने गर्दथ्यो। झारखण्ड आन्दोलनका बेला राँची यसको केन्द्र हुने गर्थ्यो। राँची एक प्रमुख औद्योगिक केन्द्र पनि हो। जहाँ मुख्य रूपबाट एच. ई. सी. (हेवी इंजिनियरिंग कारपोरेशन), स्टील अथारटी अफ इन्डिया, मेकन इत्यादिका कारखाना छन्। राँची साथ साथ जमशेदपुर र बोकारो यस प्रान्तका दुई अन्य प्रमुख औद्योगिक केन्द्र हुन।
राँची |
---|
झारखण्ड को राजधानी राँचीमा प्रकृतिले आफ्नो सौंदर्यलाई खुलेर लुटाएको छ। प्राकृतिक सुन्दरताका बाहेक राँचीले आफ्नो सुन्दर पर्यटक स्थलहरूको दममा विश्वका पर्यटक मानचित्रमा पनि यथेष्ट चिन्हारी बनाएको छ। गहरूडा हिल र रक गार्डन, माछा घर, बिरसा जैविक उद्यान, टैगोर हिल, मैक क्लुस्किगंज र आदिवासी संग्राहलय यसको प्रमुख पर्यटक स्थल हुन। यी पर्यटक स्थलहरूको भ्रमण गर्न बाहेक यहाँ प्रकृतिको बहुमूल्य देन झरनाहरूको छेउ राम्रो पिकनिक पनि मनाउन सक्दछन्। राँचीका झरनाहरूमा पांच गाघ झर्नु सबै भन्दा सुन्दर हो किन भने यो पांच धाराहरूमा झर्दछ। यो झरना र पर्यटक स्थल मिलेर राँचीलाई पर्यटनको स्वर्ग बनाउँछन् र पर्यटक शानदार छुट्टिहरू बितानेको लागि हरेक वर्ष यहाँ आउँछन्।