पाँडे वंश
नेपालको क्षेत्री राजनैतिक वंश / From Wikipedia, the free encyclopedia
पाँडे काजी खलक वा पाँडे काजी वंश वा पाँडे भारदार परिवार नेपाली राजनीतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । कालु पाँडेका सन्तानहरू काला पाँडे र तुलाराम पाँडेका सन्तानहरू गोरा पाँडे भनी माथवरसिंह थापाले यस वंशमा सामान्य विभाजन गरेका थिए। यस वंशका पुरुष व्यक्तित्वहरूलाई पाँडे काजी भनी सम्बोधन गरिन्छ। पाँडे वंशको उदय गोरखाका राजा द्रव्य शाहको राज्यारोहणबाट सुरू भएको थियो । पछि शिवराम सिंह बस्न्यातको परिवारसँग पृथ्वीनारायण शाहको पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।
पाँडे काजी खलक/पाँडे काजी वंश पाँडे भारदार परिवार | |
---|---|
भारदार परिवार | |
राष्ट्र | नेपाल |
सम्पदा | लाजिम्पाट दरबार |
उपाधिहरू | काजी, मुख्तियार |
सम्बोधन शैलीहरू | काजी साहेब, पाँडे काजी |
स्थापना | वि.सं. १६१६ (द्रव्य शाहसँगै) |
संस्थापक शासक | गणेश पाँडे |
अन्तिम शासक | रणजङ्ग पाँडे |
अपदस्थ | वि.सं. १९०० |
जातियता | खस क्षेत्री |
शाखा वंशहरू | काला पाँडे खलक, गोरा पाँडे खलक |
धर्म | हिन्दु |
कुलघरान/गोत्र | कुलघरान: गोत्र: |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d3/Kalu_Pande.jpg/220px-Kalu_Pande.jpg)
गणेश पाँडे यस भारदार परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । काजी वीरुदत्त पाण्डे गोरखाका काजी हुन् ।[1] उनी गणेश पाँडेकै पछिल्ला वंशज हुन्। वीरुदत्तका छोरा काजी भीमराज पाँडे राजा नरभूपाल शाहलाई राज्यारोहण गराउने भारदारी समुहमा थिए । भीमराजका छोरा काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । यस परिवारको सर्वोच्च प्रतिनिधि कालु पाँडे नै थिए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए ।[2] उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । उनका तीन छोरा थिए; वंशराज पाँडे, रणशूर पाँडे र दामोदर पाँडे। उनका जेठा छोरा देवान काजी वंशराज पाँडे पनि नेपाली जनरल थिए ।[2] वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाँडे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[3] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/ne/4/44/Damodar_Pande.jpg)
दामोदरका छोरा मुख्तियार रणजङ्ग पाँडे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा माथवरसिंह थापाको उदय हुँदा पाँडे वंशमाथि भीमसेन हत्याको कारबाही भयो । त्यस घटनाले रणजङ्ग पाँडेको मृत्यु भयो । जङ्गबहादुर राणाद्वारा मच्चाइएको कोत पर्वमा दलभञ्जन पाँडे मारिँदा पाँडेहरू सम्पूर्ण शक्तिविहिन भए ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/4/49/Ranajang_Pande.jpg)
काजी वीरुदत्तका नाति र काजी भीमराजका भतिजा काजी तुलाराम पाँडे थिए । तुलारामका छोरा काजी भोटु पाँडे, काजी रणजीत पाँडे र काजी जगजीत पाँडे थिए ।[4] काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।[3] काजी रणजीत पाँडे नैनसिंह थापाका ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री माथवरसिंह थापा रणजीत पाँडेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाँडे वंशका अन्तिम दिग्गज थिए । जङ्गबहादुर राणाको उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।[4]