गोरखाका राजा From Wikipedia, the free encyclopedia
नरभूपाल शाह (सन् १६९७ – १७४३) गोरखा राज्यका राजा थिए। उनी नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहका बाबु थिए। नरभूपाल शाह द्रव्य शाहका वंशजका वीरभद्र शाहका छोरा र पृथ्वीपत्ति शाहका नाति थिए। गण्डकी क्षेत्रका २४ राज्यमध्ये गोरखाका राजा नरभूपाल शाहको शासन वि.स. १७७३ देखि १७९९ सम्म चलेको थियो। वि.स १७९४ मा यिनले नुवाकोटमा आक्रमण गरेका थिए। उनलाई सफलता नमिलेकाले आफ्नो शेष जीवन भागवद भक्ति मै विताए। यस्तो अवस्थामा जेठी रानी चन्द्रप्रभावतीले कुशलतासाथ राज्य सञ्चालन गरेकी थिइन्।
नरभूपाल शाह | |
---|---|
गोरखाका राजा | |
शासनकाल | वि.सं. १७७३ देखि १७९९ |
पूर्वाधिकारी | पृथ्वीपत्ति शाह |
उत्तराधिकारी | पृथ्वीनारायण शाह |
जन्म | वि.सं. |
मृत्यु | वि.सं. १७९९ (सन् १७४३) |
जीवनसाथी | जेठी रानी चन्द्रप्रभावती माहिंली कौसल्यावती साहिंली बुद्धिमति कान्छी रानी सुभद्रावती |
सन्तान | पृथ्वीनारायण शाह दलमर्दन शाह बहादुर शाह बृन्दकेशर शाह (बाल्यकालमै निधन) शूरप्रताप शाह महोद्दम कीर्ति शाह दलजित शाह |
वंश | शाह वंश |
बाबु | युवराज वीरभद्र शाह |
धर्म | हिन्दू |
राजा नरभूपाल शाहकी प्रथम रानी खांची ठकुराईकि राजकुमारी चन्द्रप्रभावती, दोस्रो रानी पाल्पाका राजा गन्धर्व सेनकी छोरी कौसल्यावती, तेस्री पर्वत राजकी भतिजी बुद्धिमति, चौथी तनहुँकी राजकुमारी सुभद्रावती गरी चार रानीहरू थिए। यसमा चन्द्रप्रभावतीका कुनै सन्तान थिएनन। माहिली रानी कौसल्यावतीबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह र छोरी पद्मकुमारी भए। साहिली बुद्धिमतिबाट बृन्दकेशर शाह र शूरप्रताप शाह भए भने कान्छी रानी सुभद्रावतीबाट महोद्दम कीर्ति शाह र दलजित शाह भए। बृन्दकेशर शाहको बाल्यकालमै मृत्यु भएको थियो।
पूर्वाधिकारी पृथ्वीपत्ति शाह |
गोरखाको राजा सन् १७१६ – १७४३ |
उत्तराधिकारी पृथ्वीनारायण शाह |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.