दलित
हिन्दु वर्णका अछुत उत्पीडित जाति / From Wikipedia, the free encyclopedia
दलित शब्दले अछुत जातिको रूपमा पनि चिनिने जातिलाई चिनाउँदछ जुन भारतीय उपमहाद्वीपमा जाति व्यवस्था अन्तर्गत पर्ने सबैभन्दा तल्लो तह हो। दलित जातीय समूहहरूलाई सामान्यतया उत्पीडित र पिछडिएको जातिको रूपमा चिनिन्छ। संस्कृतमा दलित शब्दको अर्थ टुटेको वा छिन्नभिन्न भएको हुन्छ। दलितहरूलाई जातीय पदानुक्रमको चार वर्णबाट बहिष्कृत गरी पाँचौँ वर्णको रूपमा हेरिन्थ्यो, जसलाई पञ्चमाको नामले पनि चिनिन्छ। थुप्रै विद्वान्हरूले दलित र जापानका बुराकुमिन, कोरियाको बाक्जियोङ र मध्ययुगीन युरोपेली सामन्ती व्यवस्थाको किसान वर्गबीच समानता कोरेका छन्। ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी विभाजन गरिएको हिन्दु धर्मको चार जाति व्यवस्था अन्तर्गत दलितहरूलाई शूद्र वर्णमा गनिन्छ। हाल अधिकांश दलितहरू हिन्दु धर्ममा विश्वास गर्ने भएतापनि उनीहरू बौद्ध, सिख, इसाई र विभिन्न लोक धर्महरू सहित विभिन्न धार्मिक विश्वासहरूमा पनि आस्था राख्ने गर्दछन्। दलितलाई भारतमा अङ्ग्रेजहरू आएपछि समुदाय वा वर्ग विशेषको लागि नामको रूपमा प्रयोगमा ल्याउन थालेको देखिन्छ। भारतबाट नामको रूपमा प्रयोगमा ल्याउन सुरु गरेपछि विस्तारै यो वरपरका अन्य देशहरुमा विस्तारीत भएको पाइन्छ। भारतको सन् २०११ को जनगणना अनुसार दलितको सङ्ख्या २० करोड रहेको छ जुन भारतको कुल जनसङ्ख्याको १६ प्रतिशत हो।
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
भारत | २०.१४ करोड[1] (सन् २०११) |
बङ्गलादेश | ६५ लाख[2] (सन् २०१०) |
नेपाल | ५० लाख[3] (सन् २०११) |
श्रीलङ्का | ५० लाख[4] (सन् २०११) |
पाकिस्तान | ५० लाख (सन् २०११) |
बेलायत | ५ लाख[5] (सन् २०१७) |
संयुक्त राज्य अमेरिका | थाहा नभएको |
क्यानडा | २.५ लाख[6] (सन् २०१७) |
मलेसिया | थाहा नभएको |
सिङ्गापुर | थाहा नभएको |
भाषाहरू | |
दक्षिण एसियाली भाषा | |
धर्महरू | |
हिन्दु · सिख · बौद्ध · इसाई · इस्लाम | |
सम्बन्धित जातीय समूह | |
हिन्द आर्य, द्रविड, मुण्डा |