![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4e/Ploughing_the_field.jpg/640px-Ploughing_the_field.jpg&w=640&q=50)
किसान
From Wikipedia, the free encyclopedia
कृषक खेतमा काम गरेर आफ्नो जीविका चलाउने एक व्यक्ति हो। यिनीहरूलाई किसान, खेतीवाल, कृषिजीवीको नामले समेत चिन्ने गरिन्छ।[1][2] यिनीहरूले बाँकी सबै मानिसहरूका लागि खाद्य सामग्रीको उत्पादन गर्ने गर्छन्। यसमा बालिनाली उब्जाउने, बगैचामा रुख लगाउने, कुखुरा वा यसै स्वरुपका घरपालुवा पशुहरूको हेरचाह गरेर तीनलाई बढाउने काम सामेल छ। कुनै एक व्यक्ति कृषक वा खेतको मालिक हुन सक्छ वा त्यो कृषि भूमिको मालिकद्वारा काम गर्न राखिएको मजदुर हुन सक्छ।
छरितो तथ्यहरू पेशा, पेशाको किसिम ...
बन्द गर्नुहोस्
राम्रो अर्थव्यवस्था भएको स्थानहरूमा कृषक स्वयं नै खेतको मालिक हुनछन् र त्यहाँ काम गर्ने उसको कर्मचारी वा मजदुर हुने गर्छन्। यद्यपि प्राचीन समयमा कृषकले विशेष गरि खेतमा अन्नबाली उब्जाउनेदेखि लिएर घरपालुवा जनावरहरू, माछा आदि पालन पोषण गरेर तीनलाई बढाउने काम गर्थे।