दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन
क्षेत्रीय अन्तरसरकारी र भूराजनीतिक संगठन / From Wikipedia, the free encyclopedia
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन वा छोटो नाम सार्क सन् १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए। यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)
| |
---|---|
सदस्य राष्ट्र पर्यवेक्षक राष्ट्र | |
प्रधान कार्यालय | नेपाल काठमाडौँ, नेपाल |
आधिकारिक भाषाहरू | अङ्ग्रेजी |
रैथाने(हरू) | दक्षिण एसिया |
सदस्यता | |
नेताहरू | |
• महासचिव | अमजद हुसैन बी सैल[1][2] |
मोहम्मद इब्राहिम घफुरी[3] | |
• | एमजे जावेद[4] |
सिङये दोर्जे[5] | |
एल.सावित्री[6] | |
फथिमाथ नाजवा[7] | |
धन बहादुर ओली[8] | |
अहमर इस्मईल[9] | |
प्रसन्ना गेमेज[10] | |
स्थापना | डिसेम्बर ८,१९८५ |
क्षेत्रफल | |
• जम्मा | ५१,३०,७४६ किमी२ (१९,८०,९९२ वर्ग माइल) (७औँ1) |
जनसङ्ख्या | |
• २००९ अनुमानित | १,६०,००,००,००० (१औ1) |
• घनत्व | ३०४.९ /किमी2 (७८९.७ /वर्ग माइल) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २००९ लगत |
• जम्मा | अमेरिकी$ ४३,८२,७०० मिलियन (तेस्रो1) |
• प्रति व्यक्ति | अमेरिकी$ २,७७९ |
वेबसाइट www |
बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ। सन् २०१९को तथ्यांक अनुसार, सार्क देशहरूले कुल पृथ्वीको ३% क्षेत्रफल र २१% जनसंख्या ओगटेका छन्।