ढिँडो
From Wikipedia, the free encyclopedia
ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। नेपालमा पर्यटकको बढ्दो चापसँगै यसको पारखीहरू देश भित्र मात्र नभइ विदेशमा पनि रहेको पाइन्छ। यो खाना बनाउनको लागि केही खास सीपको जरुरत पर्दछ। यसलाई राम्रोसँग बनाउन जानिएन भने यसले अलि बेफाइदा पनि गर्नसक्छ। यो खाना मधुमेह, उच्च रक्तचाप, तथा युरिक एसिड जस्ता रोगका बिरामीहरूको लागि अत्यन्तै राम्रो हुन्छ।
छरितो तथ्यहरू परिकार, उत्पत्ति स्थान ...
परिकार | खाना |
---|---|
उत्पत्ति स्थान | नेपाल |
क्षेत्र वा राज्य | नेपाल र नेपालीहरूको बसोबास भएको भारतका दार्जिलिङ तथा सिक्किम, म्यानमार, तिब्बत र भुटानका क्षेत्रहरूमा |
मुख्य सामग्रीहरू | मकै, गहुँ, फापर अथवा कोदोको पिठो र पानी |
विभिन्नता | मकैको ढिँडो, गहुँको ढिँडो, फापरको ढिँडो, कोदोको ढिँडो |
बन्द गर्नुहोस्