डब्ल्युडब्ल्युई स्म्याकडाउन
From Wikipedia, the free encyclopedia
डब्ल्युडब्ल्युई स्म्याकडाउन, वा शुक्रबार रातिको स्म्याकडाउन वा सामान्य रूपमा स्म्याकडाउन, एक व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन २९ अप्रिल १९९९ मा, सुरु भएको थियो। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको स्म्याकडाउन ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरूको काम र प्रदर्शन तोकिएको छ। यसलाई हाल सोमवार रातिको र साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।[4] स्म्याकडाउन हाल फक्स सञ्जालमा शुक्रबार राति प्रत्यक्ष रूपमा प्रसारित हुन्छ। ४ अक्टोबर २०१९ देखि सञ्जालको शुक्रवार रातको तालिकाको सम्पूर्णता भर्दै, फक्स देपोरतेसले यसलाई स्पेनी भाषामा उद्घोषणको साथ कार्यक्रमको अनुकरण गर्दछ।
डब्ल्युडब्ल्युई स्म्याकडाउन | |
---|---|
शैली | व्यावसायिक कुस्ती |
सर्जक | भिन्स म्याकमेन |
प्रस्तुतकर्ता |
|
कलाकारहरू | स्म्याकडाउनसँग सम्बन्धित खेलाडी तथा व्यक्तित्वहरू |
सुरुवात 'गीत' |
|
रचनाकार(हरू) | अङ्गुस र मालकोल्म योङ |
निर्माण गर्ने देश | अमेरिका |
सत्रहरुको सङ्ख्या | २० |
भागहरूको सङ्ख्या | १,०९१ (२४ जुलाई २०२० (2020-07-24) सम्म) |
निर्माता(हरू) |
|
क्यामरा सेटअप | बहु-क्यामरा जडान |
प्रसारण अवधि | १२० मिनेट (विज्ञापन समावेश) |
निर्माण कम्पनी(हरु) | डब्ल्युडब्ल्युई |
वितरक | डब्ल्युडब्ल्युई |
मूल च्यानल |
|
तस्वीर ढाँचा | |
प्रथम प्रसारण | २९ अप्रिल १९९९ (1999-04-29) – हाल (हाल) |
सम्बन्धित कार्यक्रमहरू |
|
वेबसाइट |
स्म्याकडाउन संयुक्त राज्य अमेरिकामा युपिएन नामक प्रसारण सञ्जाल मार्फत सुरु भएको थियो र यसलाई पहिलोपटक बिहीबार राति प्रसारण गरिएको थियो। युपिएन र डब्ल्युपी एकापसमा गाभिएसँगै कार्यक्रम ९ सेप्टेम्बर २००५ मा शुक्रवारमा सरेको थियो र सेप्टेम्बर २००६ मा, यो द सिडब्ल्यु मार्फत प्रसारण भएको थियो। कार्यक्रम पछि, अक्टोबर २००८ मा माई नेटवर्क टिभीमा सरेको थियो।[5][6] १ अक्टोबर २०१० मा, स्म्याकडाउन केबुल सञ्जाल सायफायमा स्थानान्तरण भएको थियो र अन्ततः १५ जनवरी २०१५ मा, बिहिवार फर्किएको थियो।[7][8] यो कार्यक्रम ७ जनवरी २०१६ मा, युएसए सञ्जालमा सरेको थियो र पछि १९ जुलाई २०१९ मा स्म्याकडाउनले मङ्गलबारको रातमा प्रत्यक्ष प्रसारण गर्न सुरु गरेको थियो।[9] ४ अक्टोबर २०१९ मा स्म्याकडाउन फक्स सञ्जाल मार्फत प्रसारित हुँदै शुक्रबारमा सरेको थियो[10][11][12] जहाँ यो कार्यक्रम फक्सको सञ्जालमा दोस्रो पटक प्रसारण भइरहेको छ।[13]
स्म्याकडाउन १६३ रङ्गमञ्च, १४८ सहर तथा क्षेत्र र सात देशहरू मार्फत प्रसारित हुन्छ। यो संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, इराक (सन् २००३ र सन् २००४ को ट्रिब्युट टु ट ट्रुप्समा), जापान (सन् २००५ मा), इटाली (सन् २००७ मा) र मेक्सिकोमा प्रत्यक्ष रूपमा प्रसारित हुन्छ। यसको हालको प्रत्यक्ष ढाँचामा फेरबदल गर्दा, अगाडि नै भरिएका शृङ्खलाहरू समय भेदका कारण केही घण्टा अघि आयरल्यान्ड र संयुक्त अधिराज्य र एक दिन अघि अस्ट्रेलिया, क्यानडा, सिङ्गापुर, र फिलिपिन्समा प्रसारण गरिएको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा फरक थियो। कार्यक्रमले आफ्नो १५औँ वार्षिकोत्सब १० अक्टोबर २०१० मा मनाएको थियो भने यसले १०००औँ शृङ्खला १६ अक्टोबर २०१८ मा, पुरा गरेको थियो।[14]
३ मार्च २०१७ सम्म, कार्यक्रमका सबै अभिलेखिकृत शृङ्खलाहरू डब्ल्युडब्ल्युई सञ्जाल मार्फत माग अनुरूप अवलोकनको लागि उपलब्ध छन्। भर्खरको शृङ्खलाहरू मूल प्रसारित मिति पछिको ३० दिन पछि मागको आधारमा हेर्नका लागि उपलब्ध छन्।