गैँडाकोट नगरपालिका
From Wikipedia, the free encyclopedia
गैंडाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा अवस्थित एक नगरपालिका हो ।[2] गैडाकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[3] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गैंडाकोट, मुकुन्दपुर र अमरापुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[4] गैंडाकोट नगरपालिकामा २०,१९१ घरधुरि छन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गैंडाकोट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।
छरितो तथ्यहरू गैँडाकोट नगरपालिका गैँडाकोट नगरपालिका, देश ...
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७.७३°N ८४.३९°E / 27.73; 84.39 | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• नगरप्रमुख | मदनभक्त अधिकारी नेपाली काङ्ग्रेस |
• उपप्रमुख | शन्ति कोइराला नेपाली काङ्ग्रेस |
जनसङ्ख्या | |
• जम्मा | ७९,३४९[1] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
वेबसाइट | gaindakotmun |
बन्द गर्नुहोस्