कर्णाली प्रदेश सभा निर्वाचनको ४० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[4][5]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या ८ लाख ४६ हजार ९ सय ३३ रहेको जनाएको छ ।

छरितो तथ्यहरू दर्तावाल मतदाता, पहिलो दल ...
कर्णाली प्रदेशसभा निर्वाचन, २०७४

मङ्सिर १०
मङ्सिर २१, २०७४
२०२२ 

कर्णाली प्रदेश सभाको सम्पूर्ण ४० सिट[1]
बहुमतको लागि २१ सिट[2]
दर्तावाल मतदाता८,४६,९३३[3]
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
Thumb
Thumb
Thumb
नेता यमलाल कँडेल महेन्द्रबहादुर शाही जीवनबहादुर शाही
दल नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) नेपाली काङ्ग्रेस
शीर्ष नेता घोषित २०७४ २०७४ २०७४
नेताको सिट सुर्खेत २ (क) कालिकोट १ (ख) हुम्ला १ (ख)
प्राप्त सिट २० १३
सिट परिवर्तन पहिलो प्रादेशिक निर्वाचन पहिलो प्रादेशिक निर्वाचन पहिलो प्रादेशिक निर्वाचन
जम्मा मत १६९,७५५ ११७,२९८ १६२,००३
प्रतिशत ३४.३५% २३.७४% ३२.७८%

निर्वाचित मुख्यमन्त्री


नेकपा (माओवादी केन्द्र)

बन्द गर्नुहोस्

पृष्ठभूमि

आयोजन

खर्च सीमा

प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[6]

निर्वाचन कार्यक्रम

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[7]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[8][9] प्रदेश नं. ६ को १० जिल्लाहरू मध्ये पहिलो चरणमा ७ जिल्ला र दोस्रो चरण अन्तर्गत ३ जिल्लामा निर्वाचन सम्पन्न भएको हो ।

थप जानकारी क्षेत्र, कुल निर्वाचन क्षेत्र ...
बन्द गर्नुहोस्

निर्वाचन प्रणाली

प्रदेश नं. ६ को प्रदेश सभाका ४० सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; २४ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी १६ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[11] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[12]

नतिजाहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.