आठौँ राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौँ संस्करणको खेलकुद हो । यो आठौँ संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू प्रदेश नंबर ५ अन्तर्गतको बाँके जिल्लामा संचालन भएको थियो, भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत आयोजना भएको थियो [1]

छरितो तथ्यहरू आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६, आयोजक सहर ...
आठौँ राष्ट्रिय खेलकुद, २०७५/२०७६
Thumb
आठौँ राष्ट्रिय खेलकुदको आधिकारिक लोगो
आयोजक सहरकाठमाडौ , दाङ, नेपालगन्ज
राष्ट्र नेपाल
प्रतियोगिताहरू३५ खेल
उद्घाटन समारोह२०७६ बैशाख ५ गते, बिहीबार
समापन समारोह२०७६ बैशाख ११ गते
आधिकारिक उद्घाटन गर्ने व्यक्तिराष्ट्रपति विद्यादेवी भण्डारी
मुख्य आयोजना स्थलनेपालगन्ज रंगशाला
<  २०७३ २०७९  >
बन्द गर्नुहोस्

बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल यो संस्करणमा पहिलो पटक समावेश गरिएको थियो भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएको थियो ।

उद्घाटन समारोह

खेल स्थल

राखेपले साउन ११, २०७५ मा बसेको बैठक मार्फत आठौँ राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीकाठमाडौंमा समेत हुने गरी राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक हुन गइरहेको प्याराग्लाइडिङ खेल भने पूर्वाधार अभावका कारण कास्कीमा आयोजना भएको थियो ।[2]

खेलहरू

  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • बक्सिङ
  • तेक्वान्दो
  • टेबल टेनिस
  • उसु
  • जुडो
  • ह्याडबल
  • कराँते
  • हकी
  • सुटिङ
  • जिम्न्याष्टिक
  • साईकिलिङ
  • आर्चरी
  • फेन्सिङ
  • पौडी
  • ट्रायथलन
  • एथ्लेटिक्स
  • फुल कन्ट्याक्ट कराँते
  • ब्याटमिन्टन
  • बास्केटबल
  • आईटीएफ तेक्वान्दो
  • शारीरिक सुगठन
  • सफ्ट टेनिस
  • लन टेनिस
  • तेक्वान्दो
  • कबड्डी
  • बुद्विचाल
  • खोखो
  • सेपाकताक्रो
  • स्क्वास
  • प्याराग्याईडिङ
  • कुस्ती
  • गल्फ

सहभागी टिमहरू

  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन टिम

अन्तिम पदक तालिका

आठौँ राष्ट्रिय खेलकुद
- २०७५ को अन्तिम पदक तालिका

[3][4]

थप जानकारी स्थान, टिम ...
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना १४० ८२ ६७ २८९
बन्द गर्नुहोस्

लोगो तथा मस्कट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।[5]

प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरूपमा प्रतिस्पर्धा गराएको थियो ।

सन्दर्भ सामाग्रीहरू

बाह्य सुत्रहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.