असन, काठमाडौँ
काठमाडौं सहरको प्रसिद्ध बजार तथा ऐतिहासिक स्थान / From Wikipedia, the free encyclopedia
असन (नेवारी: असं) (वैकल्पिक नामहरू: असन टोल, असन टुहु अन त्वाः) नेपालको राजधानी काठमाडौँको औपचारिक बजार र आवासीय क्षेत्र हो। यो बजार/टोल काठमाडौँ सहरका सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थानहरू मध्ये एक हो। असन बजार उत्सव, पात्रो, र रणनीतिक स्थानको लागि प्रसिद्ध छ। असनलाई परम्परागत एसियाली नेवारी बजारको एक उत्तम उदाहरणको रूपमा वर्णन गरिएको छ। यहाँ तुलाधर, महर्जन, श्रेष्ठ, बज्राचार्य र शाक्य समुदायको बाहुल्यता रहेको छ। [1]