![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/79/Top_Oil_Producing_Countries.png/640px-Top_Oil_Producing_Countries.png&w=640&q=50)
१९७९ तेल सङ्कट
From Wikipedia, the free encyclopedia
सन् १९७९ को तेल सङ्कट (अर्थात दोस्रो तेल सङ्कट) इरानी क्रान्ति पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो। विश्वव्यापी तेल उत्पादनमा मात्र करिब ४% गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो। तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरू पुनः देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए।[2]
को भाग | |
![]() उच्च तेल उत्पादक राष्ट्र, इरानको घट्दो तेल उत्पादन[1] | |
मिति | १९७९ (1979)–1980 (1980) |
---|---|
यो नामले पनि चिनिन्छ | दोश्रो तेल सङ्कट |
![US oil field production vs imports and exports](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/39/US_oil_field_production_vs_imports_and_exports.png/640px-US_oil_field_production_vs_imports_and_exports.png)
सन् १९८० मा इरान-इराक युद्ध भएपछि इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकिएको थियो। संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा आर्थिक मन्दी सुरु भएतापनि तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएको भने थिएन।
सन् १९८० पछि [[खाडी युद्ध]को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भएक थियो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो। सन् १९७३ तेल सङ्कटमा झैँ वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखिएको थियो। मेक्सिको, नाइजेरिया, र भेनेजुएला जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गर्दा सोभियत सङ्घ विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको थियो। सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र नर्वेले ठूलो मात्रामा तेललाई सञ्चयगरि राखेको जस्तो देखिएको थियो।