From Wikipedia, the free encyclopedia
हरिहाँस एक सानो हाँस हो जुन दक्षिण-पूर्व एसिया र पूर्वमा क्विन्सल्यान्डसम्म पाइन्छ। यस प्रजातिको हाँस संसारको सबैभन्दा सानो जलपन्छीहरूमध्ये एक हो जुन राम्रो जलीय वनस्पतिभएका सानादेखि ठूला जलाशयहरूमा पाइन्छन्। यो प्राय: जोडी वा जोडाहरूको ठूलो समूहमा देखा पर्दछ भने यसले पानी नजिकैका रूखहरूमा बास बस्छ र गुँड बनाउँदछन्। यो मुख्यतया तराई क्षेत्रमा पाइन्छन् र बसाइँसराइको मौसममा नेपालको सबैभन्दा ठूलो ताल रारा तालवरपर कहिलेकाहीँ देखिने गरेका छन्।[2]
हरिहाँस | |
---|---|
हरिहाँसको भाले (पछाडि) र पोथी | |
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Anseriformes |
परिवार: | Anatidae |
वंश: | Pygmy goose (Gmelin, JF, 1789) |
प्रजाति: | N. coromandelianus |
वैज्ञानिक नाम | |
Nettapus coromandelianus (Gmelin, JF, 1789) | |
उपप्रजातीहरू | |
| |
क्षेत्र
हरिहाँस (N. c. coromandelianus)
हरिहाँस (N. c. albipennisauritus)
African pygmy goose
Green pygmy goose |
यस प्रजातिका साना हाँस पृथ्वीको सबैभन्दा सानो जलपन्छी हुन्, जसको तौल १६० ग्राम र २६ सेन्टिमिटर (१० इन्च) हुन्छ। अन्य हाँसको जस्तै यसको ठुँड छोटो र गहिरो हुन्छ। भालेको निधार र प्वाँख गाढा खैरो हुन्छ र घाँटीको फेदमा कालो हरियो र चौडा हुन्छ। टाउको र घाँटीको छेउ सेतो हुन्छ। पछाडि, पखेटा आवरण र काँध हरियो र बैजनी चमकको साथ गाढा खैरो हुन्छन्।[3]
यो प्रजाति एसियाभरि व्यापक रूपमा फाइन्छ। यसको वितरण अस्ट्रेलियासम्म फैलिएको छ। वर्षा र पानीको उपलब्धताको प्रतिक्रियामा यसले बसाइँसराइ गर्दछ। केही जनसङ्ख्या गर्मीमा अझ बढी छरपस्ट हुन्छन् (उदाहरणका लागि अफगानिस्तानमा मौसमी रूपमा मात्र पाइन्छन्)। यसको शीतकालीन बसाइँसराइ पनि व्यापक हुन्छ। यो पश्चिममा साउदी अरब[4] , र जोर्डन[5]सम्म पाइन्छ भने नियमित रूपमा माल्दिभ्स र अण्डमानजस्ता क्षेत्रका टापुहरूमा पनि पाउन सकिन्छ।[6] यस प्रजाथि उब्जने वनस्पतिहरू भएको क्षेत्र वा विशेष गरी ताल र पोखरीहरूमा पाइन्छन्। यो दक्षिण एसियाका स-साना गाउँका पोखरीहरूमा पनि पाइन्छन्।[7] अस्ट्रेलियामा यिनीहरू मुख्यतया तालहरूमा पाइन्छन्। हरिहाँस रूखहरूमा पनि बास गर्दछन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.