इस्लाम धर्मालम्वीहरूको मक्का को तिर्थ यात्रा From Wikipedia, the free encyclopedia
हज (/hædʒ/; अरबी: حج Ḥaǧǧ "तिर्थयात्रा") वार्षिक रूपमा हुने इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो र यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफू नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागि आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार्य तिर्थयात्रा हो ।[1][2][3] यो इस्लाम धर्मको पाँच स्तम्बहरू मध्ये एक स्तम्ब हो । हज विश्वको सबैभन्दा ठूलो वार्षिक भेला हो ।[4][5]
हज गर्नको लागि शारिरीक तथा आर्थिक रूपमा सक्षम हुने अवस्थालाई इस्लाममा इस्तिता'अह भनिन्न र यो अवस्थामा पुग्ने मुसलमानलाई मस्तानी भनिन्छ । हजले मुस्लिमहरूको एकता तथा आफुलाई परमेश्वर (अल्लाह) लाई निहित गर्ने भावलाई प्रदर्शन गर्दछ ।[6][7] हज शब्दको अर्थ "यात्रा गर्ने सोच" भन्ने हुन्छ, यसले दुबै वाहिरी र भित्री यात्रालाई जनाउँदछ । [8]
यो तिर्थयात्रा धु अल-हिज्जाहको ८ औ देखि १२ औ दिनमा हुने गर्दछ, जुन इस्लामिक पात्रोको अन्तिम महिनामा पर्दछ । इस्लामी पात्रो चन्द्र पात्रो भएकोले पश्चिमी देशहरूमा प्रयोग हुने ग्रेगोरियन पात्रो भन्दा एघार दिन कम हुन्छ, त्यही भएर ग्रेगोरियन पात्रोमा हजको मिति हरेक वर्ष फरक हुने गर्दछ । इहरम एक विशेष आध्यात्मिक अवस्थितीको जसमा मुलसमानहरू हजको दौरान हुने गर्दछ । यस अवस्थामा तिर्थयात्रीहरूले दुईटा सेतो कपडा र केही काम वा व्यवहारबाट अलग हुने गर्दछ । [6][9][10]
७ औँ शताब्दी देखि हज इस्लामी पैगंबर मुहम्मदको जीवनसँग जोडिएको छ तर मुसलमानहरूका अनुसार मक्काको तिर्थयात्राको यो तिर्थ हजारौ वर्ष देखि इब्राहिमको समय देखि नै चलेको मान्यता रहेको छ । तिर्थयात्रीहरू लाखौ मानिसहरूको भेलामा सहभागि हुन्छन् । जसले एक साथ हजको हप्तामा मक्कामा जम्मा भएर त्यहाँ विभिन्न् धर्मविधीहरूमा भाग लिने गर्दछन्; प्रत्येक व्यक्ति एक घनाकार भवन काबाको चारै तिर घडीको उल्टो दिशामा सात पटक घुम्ने गर्दछ, अल सफा र अल मारवाह नाम गरेको पहाडको बिचमा अगाडि र पछाडि हिड्ने गर्दछ, जमजमको कुवाको पानी पिउने गर्छन्, अराफातको पहाडको मैदानमा उठेर जागाराम बस्नको लागि जान्छन् र एउटा शैतानलाई ढुङ्गा हान्ने परम्परा पुरा गर्न ढुङ्गा हान्ने गर्दछन् । त्यस पश्चात तिर्थयात्रीहरूले आफ्नो कपाल फाल्छन्, पशु बलि दिन्छन् र यस पश्चात ईद उल-अधा नामको तीन दिनसम्मको वैश्विक उत्सव मनाउने गर्दछन् । [11][12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.