सप्तकोशी नदी
तिब्बत (चीन), नेपाल र भारतमा बग्ने सीमावर्ती नदी / From Wikipedia, the free encyclopedia
सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन।
छरितो तथ्यहरू कोशी सप्तकोशी (Saptakoshi), स्थान ...
कोशी सप्तकोशी (Saptakoshi) | |
---|---|
स्थान | |
Country | चीन |
State | सिगात्से |
Region | तिब्बत |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | कुर्सेला नजिक |
लम्बाइ | 720 units? |
जलाधारका विशेषताहरू | |
सहरहरू | बिराटनगर,इटहरी |
बन्द गर्नुहोस्
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्षायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।