सपना प्रधान मल्ल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा कार्यरत छिन्।[2]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सपना प्रधान मल्ल | |
---|---|
सर्वोच्च अदालत | |
पद बहाली २०७३ साउन १७ | |
व्यक्तिगत विवरण | |
जन्म | १९६३ नोभेम्बर १५[1] |
नागरिकता | नेपाली |
अभिभावक | गोविन्दबहादुर तथा राधा प्रधान |
पेशा | न्यायाधीश |
नेपाल ल क्याम्पस (त्रिवि)बाट कानुनमा स्नातक मल्लले दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरी हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्रेसन) कोर्स पूरा गरेकी छिन्। वि. सं. २०४३ साल चैतमा उनले अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी हुन्। [3]
वि. सं. २०६५ वैशाखमा पहिलो संविधानसभामा सदस्य [4]भएकी सपनाले वर्तमान संविधानलाई लैंगिकमैत्री, सीमान्तकृतमैत्री तथा प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएकी छिन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.