सन् १९९०
वर्ष / From Wikipedia, the free encyclopedia
सन् १९९० ग्रेगोरियन पात्रोको सोमबारदेखि प्रारम्भ भएको सामान्य वर्ष थियो। हिन्दू पञ्चाङ्ग अनुसार यो विक्रम सम्वत्-को २०४६-४७ वर्ष रहेको थियो। यस वर्षको महत्त्वपूर्ण घट्नाहरूमा जर्मनीको पुन:एकीकरण, यमनको एकीकरण[1], हबल अन्तरिक्ष दूरदर्शी प्रक्षेपण, दक्षिण अफ्रिकाबाट नामिबिया छुट्टिनु, खाडी युद्धको विजारोपण, नेल्सन मन्डेलालाई जेलबाट रिहा गरिनु र ११ वर्षको लामोसमयसम्म संयुक्त अधिराज्यको प्रधानमन्त्रीको पदमा रहेकी मार्गरेट थ्याचरद्वारा राजिनामा दिनु रहेको थियो।
यो वर्ष इन्टरनेटको प्रारम्भिक इतिहासको लागि ज्यादै महत्त्वपूर्ण वर्ष रहेको थियो। यस वर्षको अन्त्यतिर टिम बर्नर्स लीले पहिलो वेब सर्भर बनाउनुका साथै वर्ल्ड वाइड वेबको जग बसालेका थिए।[2]