From Wikipedia, the free encyclopedia
संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक हो, जसलाई सङ्घ झण्डा पनि भनिन्छ।[1]
नाम | सङ्घ झण्डा, युनियन ज्याक, ब्रिटिस झण्डा, संयुक्त अधिराज्य झण्डा |
---|---|
प्रयोग | राष्ट्रिय झण्डा |
अनुपात | ३:५ |
अधिग्रहण | १ जनवरी १८०१ |
डिजाइन | रातो र सेतोको सेतो जालीदार परिवर्तित गरिएको साल्टायरसहित नीलो भागमा सेतो जालीदार सममित रातो क्रस। |
अनुपात | १:२ |
प्रयोग | नागरिक झण्डा |
अनुपात | १:२ |
डिजाइन | क्यान्टोनमा सङ्घको झण्डा भएको रातो क्षेत्र। |
प्रयोग | राज्य झण्डा |
अनुपात | १:२ |
डिजाइन | क्यान्टोनमा सङ्घको झण्डा भएको निलो क्षेत्र। |
प्रयोग | नौसेना झण्डा |
अनुपात | १:२ |
डिजाइन | क्यान्टोनमा सङ्घको झण्डासहितको सेतो क्षेत्रमा सममित रातो क्रस। |
प्रयोग | वायु सेना प्रतीक |
अनुपात | १:२ |
डिजाइन | क्यान्टोनमा सङ्घको झण्डा र मध्य भागमा शाही वायु सेनाको नीलो क्षेत्र। |
युनियन ज्याकको आवरण र सजावट सन् १८०१ को सङ्घ ऐनद्वारा भएको हो जसले ग्रेट ब्रिटेन र आयरल्यान्डको संयुक्त अधिराज्य सिर्जना गर्न ग्रेट ब्रिटेन र आयरल्यान्डको राज्य (पहिले व्यक्तिगत सङ्घमा) लाई एकताबद्ध गरेको थियो। झण्डामा सेन्ट जर्जको रातो क्रस (इङ्गल्याण्डको संरक्षक सन्त (जसले वेल्सलाई पनि प्रतिनिधित्व गर्दछ)) समावेश गर्दछ, किनारामा गरिएको सेतो रङ्ग सेन्ट प्याट्रिक (आयरल्याण्डको संरक्षक सन्त) को खर्रामा राखिएको छ भने त्यसकै छेउछाउ गरिएको सेतो रङ्ग सेन्ट एन्ड्रयु (स्कटल्याण्डको संरक्षक सन्त) राखिएको छ। वेल्सको संरक्षक सेन्ट डेभिडले सङ्घ झण्डामा वेल्सलाई प्रतिनिधित्व गर्दैन किनभने वेल्स इङ्ल्यान्ड राजशाहीको भाग नभएकै समयमा यसको आवरण तय गरिएको थियो।
जमिनमा झण्डाको अनुपात र ब्रिटिस सेनाले प्रयोग गरेको युद्ध झण्डाको अनुपात ३:५ छ।[2] समुद्रमा झण्डाको उचाइ देखि लम्बाइ अनुपात १:२ हो।[3]
ग्रेट ब्रिटेनको झण्डा स्कटल्यान्ड र इङ्ल्यान्डको राजा जेम्स छैठौँ र प्रथमको घोषणाद्वारा सन् १६०६ मा स्थापित भएको थियो। संयुक्त अधिराज्यको नयाँ झण्डा आधिकारिक रूपमा सन् १८०१ को काउन्सिलको आदेशद्वारा सिर्जना गरिएको थियो। कुनै आधिकारिक मानकीकृत रङहरू निर्दिष्ट गरिएको थिएन, यद्यपि झण्डा संस्थानले रातो र शाही नीलो रङहरूलाई क्रमशः 'प्यानटन १८६ सी' र 'प्यानटन २८० सी'को रूपमा परिभाषित गर्दछ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.