नेपालको राष्ट्रिय निकुञ्ज From Wikipedia, the free encyclopedia
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौँको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ ।[1] यस निकुञ्जले काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौँको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।[2]
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
नजिकैको सहर | काठमाडौँ |
क्षेत्र | १५९ किमी२ (६१ वर्ग माइल) |
स्थापना | वि.सं. २०५८(सन् २००२) |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रूपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरी १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्त्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रूपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।[3]
धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्त्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको महत्त्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रूपमा यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि. मा फैलाइएको थियो ।
यो निकुञ्ज समुद्र सतह देखि १३५० – २७३२ मिटरको उचाईमा अवस्थित छ। भौगोलिक रूपमा शिवपुरी क्षेत्र २७°४५' देखि २७° ५२ ' उत्तरी अक्षांस तथा ८५° १६ ' देखि ८५° ४५' पूर्वी देशान्तर र नागार्जुन क्षेत्र २७° ४३ ' देखि २७°४६' उत्तरी अक्षांस तथा ८५°१३ ' देखि ८५° १८' पूर्वी देशान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञ्ज हो।
गर्दछ ।
वनको किसिम | उचाई( मि.) | वनस्पति |
तल्लो मिश्रित चौडापाते | १३५० मि. देखि १५०० मि. | चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष
आदि |
खोटेसल्लो | १३५० मि. देखि १६०० मि. | खोटे\रानी सल्लो, मयल,मुसुरेकट्टुस, काफल आदि |
खस्रु | २३०० मि. देखि २५०० मि. | खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाइन्छन्,जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाइन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छन् । |
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरूको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् । यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पति पाईन्छन् ।
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका धार्मिक आकर्षण र महत्त्वका क्षेत्रहरु छन् । बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा, नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् ।
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हिन्दु र बौद्ध धर्मालम्बीहरूको सांस्कृतिक संगमस्थल पनि रहिआएको छ ।
क्र.सं | स्थान | दूरी (कि.मि.) |
१ | पानीमुहान–सित्रे | १२ |
२ | गुर्जे–बागद्वार | ८ |
३ | पानीमुहान–नागीगुम्बा–बागद्वार | ९ |
४ | नागीगुम्बा–बागद्वार–चिसापानी | १८ |
५ | झूले–चिसापानी | ६ |
६ | पानीमुहान–शिवपुरी चुचुरो | १२ |
७ | ककनी–शिवपुरी चुचुरो | १८ |
८ | नागीगुम्बा–शिवपुरी चुचुरा | ६ |
९ | सुन्दरीजल–चिसापानी | २२ |
१० | नागार्जुन फुलवारी–जामाचो | १६ |
अधिकार प्राप्त अधिकारीवाट लिखित अनुमति नलिई कुनैपनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायका काम गर्न पाउने छैन ।[1]
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैर कानुनी तरिकाले वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद–बिक्री गर्ने वा अन्य संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद–बिक्री गरेमा निजलाई रु. ५०,०००(पचास हजार) देखी रु. १००,०००(एक लाख) सम्मको जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाँय हुनेछ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.