शबाना आजमी
From Wikipedia, the free encyclopedia
शबाना आजमी (जन्म १८ सेप्टेम्बर १९५०) एक भारतीय चलचित्र, टेलिभिजन र थिएटर अभिनेत्री हुन् । उनले अभिनय करियरको सुरुवात सन् १९७४ मा गरिन् र छिट्टै नै उनले मुख्य भूमिकामा चलचित्रमा देखा पर्न सुरु गरिन् ।[1][2] उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनको चलचित्रमा भूमिकाले उनलाई ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् र कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान हासिल गरेकी छिन् ।[1][3] उनले ४ वटा फिल्मफेयर पुरस्कार समेत जितेकी छन् । उनी गीतकार जावेद अख्तरकी श्रीमती हुन् ।[4]
छरितो तथ्यहरू शबाना आजमी, जन्म ...
शबाना आजमी | |
---|---|
![]() शब्ना आजमी एक समारोहमा, २०१२ | |
जन्म | शबाना काइफी आजमी (1950-09-18) १८ सेप्टेम्बर १९५० (उमेर ७३) हैदराबाद, भारत, (हाल तेलङ्गाना, भारत) |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री, सामाजिक कार्यकर्ता |
कार्यकाल | १९७२-वर्तमान |
धर्म | इस्लाम |
जीवनसाथी | जावेद अख्तर (१९८४-वर्तमान) |
बन्द गर्नुहोस्