शक (पुरानो फारसी: Saka, संस्कृत: शक, युनानी(ग्रीक): Σάκαι; ल्याटिन: Sacae, चिनियाँ: 塞, पुरानो Sək, नयाँ Sai) भन्नाले फारसी भाषासंस्कृत भाषामा स्काइथियन जातिलाई बुझाउँछ जो युरासियन स्टेप्समा बसोबास गर्ने पूर्वी क्षेत्रिय ईरानी (फारसी) लडाकू जातिय समुह थियो।[1] आधुनिक लेखकहरू शकको प्रयोग पूर्वी स्टेप्समा र तारिम बेसीमा बस्ने ईरानी(फारसी)हरूलाई गर्दछन् ।[2] शकको सही नस्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, युनानी (ग्रीक) र चिनियाँ स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। शक एक प्राचीन इरानी भाषा परिवारको भाषा बोल्दथे र यिनका अन्य स्काइथियन जाति-सरमतीयन (सरमतीय समुह) सँग सम्बन्ध थियो।

Thumb
पहिलो शताब्दी ईसापूर्वमा स्काइथियन जातिको क्षेत्र स्काइथियापार्थियन जातिको पार्थिया क्षेत्र
Thumb
स्काइथियनहरूको स्वर्ण अवशेष
Thumb
घोडामा सवार ३०० ईसापूर्वमा मध्य एसियाको पजाइरिक क्षेत्रका एक शक (स्काइथियन)

रेने ग्रुसेटका अनुसार शकहरू स्काइथो-सरमतीय परिवारका शाखा थिए जो युरेसिया फाँटको दक्षिणपश्चिम इलाकाका ईरानी गणबाट उत्पत्ति भएका थिए ।[3] यिनीहरू मध्य एसियाको सोग्दियाब्याक्ट्रियामा बसाइँ सरे । त्यसपश्चात शकहरू दक्षिणपश्चिम भारतीय उपमहाद्वीपमा आएर शासन गर्न थाले जसलाई इन्डो-स्काइथियन साम्राज्य भनियो । इन्डो सिथियन्सहरूको क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, सिन्ध, खैबर पख्तुनख्वाअफगानिस्तान पर्दछ जहाँ शक सम्बतको थालनी भयो । त्यस्तै अर्को समुह दक्षिणपश्चिम चीनको तारिम बेसीताक्ला मकान मरुभूमिमा आए जहाँ उनीहरू काश्गरखोतान राज्यमा आइ बसेका थिए जो चिनियाँ शासक हान र टाङ्ग वंशको ठेक्काराज्य थियो। यस क्षेत्रमा ककेसियाली नस्लका व्यक्तिहरूको खप्पर अझैँ पाइन्छ र यो चीनको एकमात्र गैरमंगोलियाई ककेसियन बहुसङ्ख्यक भएको क्षेत्र हो ।

शक र नेपाली

शकहरू युरेसियाको स्टेप्स फाँटबाट मध्य एसिया हुँदै पूर्व चीनको काश्गरमा बसेको कुरा प्रमाणित छ । केही लेखकहरू तारिम बेसीबाट एक ककेसियनहरूको समुह नेपाल आएर खस भएको दाबी गर्छन् । राहुल सङ्कृत्ययानले कत्युरी राजवंशको पूर्वज भारतमा रहेका शक (इन्डो-स्कैथियन)हरू भएको निष्कर्ष निकालेका छन् । त्यस्तै उनीहरू खसहरूसँगै उल्लेखित छन् ।[4] शक ईरानी भाषा परिवारका मातृभाषी थिए र खसहरू इन्डो-ईरानी भाषा परिवारको शाखा इन्डो-आर्यन भाषा परिवारका सदस्य हुन् । त्यसैले शक र खसमा भाषिक समानता पनि रहेको छ ।

स्रोतहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.