![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/95/Bhanu_Ghansi_Memorial_ParkTanahu_Ward_No._12_Byas_Municipility_Gandaki_Pradesh_Nepal_Rajesh_Dhungana_%252819%2529.jpg/640px-Bhanu_Ghansi_Memorial_ParkTanahu_Ward_No._12_Byas_Municipility_Gandaki_Pradesh_Nepal_Rajesh_Dhungana_%252819%2529.jpg&w=640&q=50)
व्यास नगरपालिका
From Wikipedia, the free encyclopedia
व्यास नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको एक नगरपालिका हो। तनहुँ जिल्लाको सदरमुकाम दमौली यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। यो नगरपालिका मादी नदीको किनारमा पर्दछ। व्यास नगरपालिका नेपालको राजधानी सहर काठमाडौँदेखि १५० किलोमिटर पश्चिममा तथा प्रादेशिक राजधानी पोखराबाट ५० किलोमिटर पूर्व पृथ्वी राजमार्गको छेउमा रहेको छ।
व्यास | |
---|---|
![]() भानुघाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिक | |
निर्देशाङ्क: २७°५८′३५″उ॰ ८४°१६′०५″पू॰ | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ जिल्ला |
वडा सङ्ख्या | १४ |
नगरपालिका | वि.सं. २०४८ चैत्र ३०[1] |
सम्मिलित (गाविस) | फराकचौर, गुणाडी र घाँसीकुवा |
सम्मिलित (गाविस) | पोखरी भञ्ज्याङ |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८[2] |
सम्मिलित (गाविस) | केशवटार (२-७), क्यामिन, घाँसीकुवा (२-८), तनहुँसुर (४-९), रिस्ती (१-५, ७-९), श्याम्घा र सतिश्वरा (६-९) |
सम्मिलित मिति | वि.सं. २०७३ फाल्गुण २७[3] |
सरकार | |
• मेयर | वैकुण्ठ न्यौपाने (नेपाली कांग्रेस)[4] |
• उप मेयर | मिरा जोशी (नेपाली कांग्रेस)[4] |
क्षेत्रफल | |
• जम्मा | २४८ किमी२ (९६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७०३३५ |
• घनत्व | २८०/किमी२ (७३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ३३९०० |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
नेपालको नगरपालिका ऐन, २०४७ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०४८ चैत्र ३० गतेदेखि लागु हुने गरि गरेको निर्णय र सोही मितिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तनहुँ जिल्लाको तत्कालीन फराकचौर, गुणाडी र घाँसीकुवा गाउँ विकास समितिको आंशिक भूभागहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। व्यास नगरपालिका तनहूँ जिल्लाको मध्य भागमा रहेकाले आवागमन सुविधा, प्रचुर जलप्रवाह तथा अपेक्षाकृत भू-समताले गर्दा आर्कषणको केन्द्र विन्दु बनेको हो। जिल्ला सदरमुकाम दमौली समेत यसै नगरपालिकाको केन्द्रीय स्थल रहेकोले जिल्लाका विभिन्न स्थानहरूबाट सरकारी कामकाजको लागि मानिसहरूको आवतजावत भइरहेको हुन्छ।