व्यवस्थापिका
From Wikipedia, the free encyclopedia
व्यवस्थापिका (Legislature) भनेको देश, राष्ट्र वा सहर जस्ता राजनीतिक निकायका लागि कानून बनाउने अधिकार भएको सभा हो। व्यवस्थापिका प्रायः सरकारको कार्यपालिका र न्यायपालिका जस्ता अंग भन्दा फरक र भिन्न हुन्छ।
व्यवस्थापिकाले बनाएका कानुनहरूलाई सामान्यतया प्राथमिक कानून भनिन्छ। थप रूपमा, व्यवस्थापिकाले बजेटमा संशोधन गर्ने अधिकारसहित, शासनको कार्य अवलोकन र नियन्त्रण गर्ने अधिकार राख्छ।
व्यवस्थापिकाका सदस्यहरूलाई विधायक वा सांसद वा सभासद भनिन्छ। प्रजातन्त्रमा, विधायकहरू प्रायः लोकप्रिय रूपमा निर्वाचित हुन्छन्, यद्यपि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति पनि प्रयोग गरिन्छ। विशेष गरी माथिल्लो सदन रहेको द्विसदनीय व्यवस्थापिकाको लागि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति बाट सांसदहरू छानिन्छन्।