विश्व परमाणु सङ्घ
From Wikipedia, the free encyclopedia
विश्व परमाणु सङ्घ एक अन्तर्राष्ट्रिय संस्था हो जसले आणविक ऊर्जालाई बढावा दिन्छ र विश्वव्यापी परमाणु उद्योग संलग्न कम्पनीहरूलाई सहयोग गर्दछ। यसका सदस्यहरू परमाणु ईन्धन चक्रका सबै हिस्साबाट आउँछन्, जसमा युरेनियम खानी उत्खनन, युरेनियम रूपान्तरण, युरेनियम संवर्धन, परमाणु इन्धन निर्माण संयन्त्र, परिवहन, र ऊर्जा उत्पादन पर्दछ। [1]
गठन | २००१; २३ वर्ष अघि (२००१) |
---|---|
प्रकार | गैर-नाफामूलक |
उद्देश्य | आणविक उर्जा |
स्थान | |
सेवा क्षेत्र | विश्वव्यापी |
सदस्यता | १८१ |
प्रमुख व्यक्ति | सामा बिलबाओ लियोँ - प्रवन्ध निर्देशक |
कर्मचारीहरू | ३० |
वेबसाइट | World-Nuclear.org |
विश्व आणविक सङ्घका सदस्यहरूसँग विश्वको कुल परमाणु शक्तिको ७०% हिस्सा छ र विश्व युरेनियम उत्पादन, रूपान्तरण र संवर्धनको अधिक जिम्मेवार छन्। [2]
सङ्घको अनुसार यसको उद्देश्य आफ्नो सदस्यको लागि प्राविधिक, व्यावसायिक र नीतिगत मामिलामा उनीहरूको संवादलाई सहज बनाउन र परमाणु प्रविधिको व्यापक सार्वजनिक बुझाइलाई बढावा दिने हो।[3] यसको करिब ३० कर्मचारीको सचिवालय रहेको छ।
सङ्घको स्थापना सन् २००१ मा युरेनियम संस्थानको आधारमा भएको थियो, जसको स्थापना सन् १९७५ भएको थियो।