![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e9/BJP_Party_leader_Sushma_Swaraj2.jpg/640px-BJP_Party_leader_Sushma_Swaraj2.jpg&w=640&q=50)
विदेश मन्त्री (भारत)
From Wikipedia, the free encyclopedia
बाह्य मामिलाको मन्त्री वा सामान्यतया विदेश मन्त्री भारतको विदेश मन्त्रालयको प्रमुख हुन्छन । भारतको केन्द्रीय मन्त्रीमण्डलमा विदेश मन्त्रालय जेठो मन्त्रालय अन्तर्गत पर्छ । यस मन्त्रालयको प्रमुख को काम आफ्नो देशको प्रतिनिधित्व गर्ने र बिदेशी समुदायमा आफ्नो सरकारको मामिला हेर्ने हो । भारतको विदेश-नीति तय गर्नमा यसको प्रमुख हात हुन्छ । भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले आफू प्रधानमन्त्री छदा विदेश मन्त्रीको कार्यभार पनि आफू संगै राखेका थिए । उनी सो पदमा १७ वर्ष सम्म रहे जुन आज पनि भारतको इतिहासमा सबैभन्दा बढी हो । विदेश मन्त्री भएर काम गर्ने मन्त्रीहरु पछि प्रधानमन्त्री पनि बनेको इतिहास रहेको छ । हाल भारतको विदेशमन्त्री सुषमा स्वराज हुन् । उनले आफ्नो पदको कार्यभार २६ मे २०१४ मा सम्हालेकी हुन् ।[1]
छरितो तथ्यहरू नियुक्तिकर्ता, प्रथम पदाधिकारी ...
![]() | |
विदेश मन्त्री | |
नियुक्तिकर्ता | प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिद्वारा |
---|---|
प्रथम पदाधिकारी | जवाहरलाल नेहरु |
गठन | २ सेप्टेम्बर १९४६ |
बन्द गर्नुहोस्