![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f3/LUSITANA_WLM_2011_d.svg/langne-640px-LUSITANA_WLM_2011_d.svg.png&w=640&q=50)
विकी लभ्स मोन्युमेन्ट्स
From Wikipedia, the free encyclopedia
विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्यान्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।[1] सन् २०१२ को प्रतियोगितामा लगभग ३,५०,००० भन्दा बढी ऐतिहासिक स्मारकहरूको फोटो १५,००० सहभागीहरू द्वारा अपलोड गरिएको थियो ।[2] सन् २०१३ को विकी लभ्स मन्युमेन्ट प्रतिस्पर्धामा अन्टार्कटिका सहित छ वटा महादेशमा आयोजित गरियो जसमा संसारभरिका पचास भन्दा बढी देशका सरकारी सहभागिता रहेको थियो ।
विकी लभ्स मोन्युमेन्ट्स | |
---|---|
![]() विकि लभ्स मोन्युमेन्ट्सको आधिकारिक लोगो | |
![]() बिकि लभ्स मोन्युमेन्ट्समा भाग लिएका राष्ट्रहरु २०१०-२०१८ | |
आरम्भ | सेप्टेम्बर १ |
समाप्ति | सेप्टेम्बर ३० |
सक्रिय वर्ष | ५ |
उद्घाटन | २०१० |
हालैको | २०१९ |
पछिल्लो संस्करण | विकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१८ (नेपाल) |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजनकर्ता | विकिपिडियन |
वेबसाइट | विकी लभ्स मोन्युमेन्ट्स |