विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्यान्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।[1] सन् २०१२ को प्रतियोगितामा लगभग ३,५०,००० भन्दा बढी ऐतिहासिक स्मारकहरूको फोटो १५,००० सहभागीहरू द्वारा अपलोड गरिएको थियो ।[2] सन् २०१३ को विकी लभ्स मन्युमेन्ट प्रतिस्पर्धामा अन्टार्कटिका सहित छ वटा महादेशमा आयोजित गरियो जसमा संसारभरिका पचास भन्दा बढी देशका सरकारी सहभागिता रहेको थियो ।

छरितो तथ्यहरू विकी लभ्स मोन्युमेन्ट्स, आरम्भ ...
विकी लभ्स मोन्युमेन्ट्स
Thumb
विकि लभ्स मोन्युमेन्ट्सको आधिकारिक लोगो
Thumb
बिकि लभ्स मोन्युमेन्ट्समा भाग लिएका राष्ट्रहरु २०१०-२०१८
आरम्भसेप्टेम्बर १
समाप्तिसेप्टेम्बर ३०
सक्रिय वर्ष
उद्घाटन२०१०
हालैको२०१९
पछिल्लो संस्करणविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१८ (नेपाल)
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन
वेबसाइटविकी लभ्स मोन्युमेन्ट्स
बन्द गर्नुहोस्

इतिहास

प्रतियोगिताको नियमहरू

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्त्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA ३.० को मातहतमा हुनुपर्दछ ।

बिजेताहरू

विकी लभ्स मोन्युमेन्ट्स अन्तर्राष्ट्रिय प्रतियोगिता बिजेताहरूको सूची निम्नानुसार रहेको छ :-

थप जानकारी वर्ष, फोटोग्राफर ...
वर्ष फोटोग्राफर देश विवरण फोटो
२०१० Rudolphous नेदरल्यान्ड नेदरल्यान्ड भिजेलस्ट्राट ३१ एम्स्टरड्याम Thumb
२०११ Mihai Petre रोमानिया रोमानिया बुखारेस्टमा रहेको चिनाजा मठ Thumb
२०१२ Pranav Singh भारत भारत सफदरगंजमा रहेको चिहान,नयाँ दिल्ली (भारत) Thumb
२०१३ David Gubler स्विट्जरल्यान्ड स्वीट्जरल्याण्ड स्वीट्जरल्याण्डको विसेन र फिलिसरको बीच ट्रेन जाँदै Thumb
२०१४
बन्द गर्नुहोस्

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.