वारेन बफेट
From Wikipedia, the free encyclopedia
वारेन एड्वार्ड बफेट (/ˈbʌfɪt/; जन्म अगस्ट ३०, १९३०)[1] एक अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी हुन, जो वर्कसायर हाथवे का अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।[2][3] २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति US$88.9 अर्ब छ , र उनी विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुन्।[4]बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन । उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
वारेन बफेट | |
---|---|
जन्म | वारेन एडवार्ड बफेट (1930-08-30) ३० अगस्ट १९३० (उमेर ९३) ओहामा, नेब्रास्का, अमेरिका |
वासस्थान | ओहामा, नेब्रास्का,नेब्रास्का, अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | पेन्सिलभेनिया विश्वविद्यालय नेब्रास्का - लिंकन विश्वविद्यालय कोलाम्बिया विश्वविद्यालय |
पेशा | लगानीकर्ता व्यापार उद्यमी, र परोपकारी |
कार्यकाल | १९५१ –हाल |
चिनारीको कारण | चार्ल्स मङ्गरको साथमा बर्कसायर हाथवे को नेतृत्व |
जम्मा सम्पति | US$८७.५ अरब (February 2018) |
जीवनसाथी | Susan Thompson
( वि १९५२; उनको मृत्यु २००४)अस्ट्रिड मेन्क्स
( वि २००६) |
सन्तान | सुसन एलिस बफेट हवार्ड ग्राहम बफेट पिटर बफेट |
मातापिता | हवार्ड बफेट Leila Stahl Buffett |
आफन्त | हवार्ड वारेन बफेट (नाति) |
हस्ताक्षर | |
बफेट एक उल्लेखनीय परोपकारी समेत हुन्, उनले ९९ प्रतिशत [5] आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसन बाट. उनले २००९ मा बिल गेट्ससँग मिलेर द गिभिङ प्लेज को स्थापना गरेका थिए , जहाँ अरबपति हरूले आफ्नो सम्पत्तिको आधा भन्दा बढी हिस्सा दाङ गरेका थिए।[6]